कैलालीमा दुई लाख  बालबालिकालाई दादुरा खोप लगाइने

Image
Nisarga Hospital

धनगढीः कैलालीमा यही फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा(रुबेला खोप अभियान २०८०र८१ अन्तरगत जिल्लाका १३ वटै स्थानीय तहमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा खोप लगाउन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको पत्रकारसँगको अन्तक्रिया कार्यक्रमा जिल्लामा २ लाख ५८ हजार १ सय ५६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले वताए ।

CP Hospital Dhangadhi

चैत ७ गतेसम्म सञ्चालन हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्ष मुनिका ५९ हजार ३८ र ५ वर्षदेखि १५ वर्ष मुनिका १ लाख ९९ हजार एक सय १८ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउनले लक्ष्य रहेको स्वास्थ्य कार्यालय जनाएको छ।
जिल्लाको मोहन्याल गाउँपालिकामा ७ हजार एक सय ३६, चुरे गाउँपालिकामा ७ हजार दुई सय १०, गोदावरी नगरपालिकामा ४० हजार आठ सय १४ गौरीगंगा नगरपालिकामा, १८ हजार छ सय ९९ र घोडाघोडी नगरपालिकामा २५ हजार ३९ जनालाई दादुरा रुबेलाको खोप लगाइने उनले बताए । त्यस्तै बर्दगोरिया गाउँपालिकामा १० हजार नौ सय ५३, लम्कीचुहा नगरपालिकामा २७ हजार नौ सय ५०, जानकी गाउँपालिकामा ११ हजार सात सय २५, जोशीपुर ८ हजार पाँच सय ४८ र टीकापुर नगरपालिकामा २० हजार सात सय ७४ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको त्यस्तै भजनी नगरपालिकामा १२ हजार नौ सय ४४, कैलारी गाउँपालिकामा ९ हजार तीन सय ६४ र धनगढी उपमहानगरपालिकामा ५७ हजार बालबालिकालाई दादुरा(रुवेलाको खोप लगाउने लक्ष्य रहेको छ ।

Attariya Hospital

nawajiwan

जिल्लामा ९ सय ६३ वटा खोप सेसन रहने, २ सय ९२ जना स्वास्थ्यकर्मी तथा १ हजार ९ सय २८ जना स्वयंसेवक परिचान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप निःशुल्क र सुरक्षित भएकाले आ(आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन प्रमुख श्रेष्ठले सरोकारवाला सबैलाई आग्रह गरे । खोप अभियानअन्तर्गत दादुरा(रुवेला खोपकासाथै नियमित खोप लगाउन छुटेका बालवालिकाको पहिचान गरेर खोप लगाइने कार्यालयले जनाएको छ । जिल्लामा २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५९ जनामा दादरा(रुवेला रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ ।