
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्रका बालबालिकालाई फागुन १३ देखि दादुरा–रुबेला खोप लगाइ रहेको छ । नगरपालिकाले आफ्नो पालिका भित्र फागुन २४ गते सम्म खोप अभियान सञ्चालन गरेको छ ।


अभियानलाई सफल पार्नका लागि आफ्नो ठाउँबाट के गर्न सकिन्छ, के कस्ता चुनौती छन् ? आगामी दिनमा कसरी सबै बालबालिकालाई पहुँचमा ल्याई सफल पार्नका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जानकारी स्वस्थ्य शाखा अधिकृत बिर बहादुर कुँवरले जानकारी दिए।
दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न नगरका ९५ विद्यालयमा खोपकेन्द्र तोकिएको गोदावरी नगरपालिका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य लगायत वडाका वडा अध्यक्ष, स्वस्थ्य कर्मचारीको उपस्थिति रहेको थियो।

यस अभियान अन्तरगत ४० हजार ८०४ बालबालिकालाई खोप लगाइने बताए । नगरपालिकाको खोप केन्द्रहरु प्राय विद्यालयमै तोकिएका छन । अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका समेटिने छ ।

अभियान सञ्चालनका लागि ११३ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरगत तराइका २१ जिल्ला र काठमाण्डौं उपत्यका भित्रका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई लगाइँदै छ भने बाँकी ५३ जिल्लाहरुमा भने ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइदै छ ।

सुदूरपश्चिममा कैलाली कञ्चनपुर दादुरा–रुबेलाको उच्च जोखिममा रहेका जिल्लाका रुपमा पहिचान गरिएको छ भने डोटी, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुलालाई न्यून जोखिम भनी पहिचान गरिएको छ ।

विद्यालय बाहिरका बालबालिकालाई स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिरहेको अवस्थीले बताए । यसैबच गोदावरी नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार उत्त स्वास्थ्यकर्मी, वडा अध्यक्ष, पालिका सदस्य, मिडियाकर्मी लगायत लाई अभिमुखीकरणको आयोजना गरेको हो ।































