प्रारम्भिक चेतावनी र रिपोर्टिङ प्रणाली कार्यमा जिल्ला अस्पताल बझाङ उत्कृष्ट

Image
Nisarga Hospital

प्रारम्भिक चेतावनी र रिपोर्टिङ प्रणाली (EWARS) कार्यमा जिल्ला अस्पताल बझाङ उत्कृष्ट प्रारम्भिक चेतावनी र रिपोर्टिङ प्रणाली कार्यमा जिल्ला अस्पताल बझाङले उत्कृष्ट कार्य गरेको छ ।

CP Hospital Dhangadhi

नेपाल सरकारको प्रारम्भिक चेतावनी र रिपोर्टिङ प्रणाली (EWARS) कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला अस्पताल बझाङका सुचना अधिकारी तथा (EWARS) फोकल प्रशन गँगा प्रशाद जोशीलाइ सम्मान गरीएको हो ।

रिपोर्टिंग प्रणालीबाट कुनै पनि किसिमको महामारीको सुचना तत्काल अर्थात २४ घण्टा भित्र स्वास्थ्य सेवा बिभाग लगायत सम्बन्धित निकायमा पठाएको र महामारी नियन्त्रण गर्न सघाएको भन्दै कामको उच्च मुल्यांकन सहित जोशी सम्मानित हुनुभएको हो ।

nawajiwan
Attariya Hospital

नेपाल सरकार स्वास्थ्य सेवा बिभाग , सूदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय डोटी द्वारा जोशीलाइ सयुक्त रुपमा (EWARS) को उत्कृष्ट कार्य सम्पादन सम्मान पत्र प्रदान गरेको छ । जिल्ला अस्पताल परीवार र अन्य सबैको साथ सहयोगले आज आफु भन्दा पनि जिल्ला अस्पतालले नै सम्मान पाएको भन्दै जोशीले धन्यबाद व्यक्त गर्नुभएको छ ।

समुदायमा महामारी गराउन सक्ने केहि किटजन्य रोगहरु र अन्य महामारी गराउन सक्ने रोगहरुको सूचना तत्काल केन्द्र स्तर सम्म पुग्ने ब्यबस्था मिलाउनको लागि सन् १९९७ बाट नेपालमा (EWARS) बाट प्रतिबेदन पठाउने गरि प्रणालीको बिकास भएको थियो । त्यसै प्रणाली अन्र्तगत जिल्ला अस्पताल बझाङले रिपोर्टिंग गर्दै आएको छ ।