

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले सरकारी विद्यालय सुधारका लागि शिक्षाको जग ठानिएको प्रारम्भिक बाल विकासकै सुधार शुरू गरेको छ ।

नगरभरि १०८ वटा बाल विकास केन्द्र छन् । तिनको भौतिक तथा शैक्षिक सुधारका लागि भवन तथा कक्षाकोठाको मर्मत र शैक्षिक सामग्री व्यवस्थापन गरिएको छ । साथसाथै बालबालिको भविश्य सँग जोडिएका शिक्षक, शिक्षिकाहरुलाई शिक्षण सुधारका लागि तालिम समेत दिई सकेको छ ।
केही बर्ष अगाडिसम्म गोदावरी नगरपालिकाको बुढीतोला, फुलबस्ती, सिमका ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले केही मात्रामा भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गोदावरी नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि गोदावरी नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनको प्रक्रिया अघि बढाएको छ । ५६ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गोदावरीमा २१ माध्यमिक र ३ ओटा धार्मिक विद्यालय सहित ३६ ओटा आधारभूत तहका बिद्यालयहरु रहेका छन् । भने प्राबिधिक शिक्षा अन्तरगत दुर्गालक्ष्मी नमूना माबिमा कम्प्युटर शिक्षा पढाई भै रहेको जानकारी शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताए ।
निजी छाडेर सरकारीतिर
नगरपालिकाले सरकारी विद्यालय सुधारमा जोड दिएपछि बोर्डिङ स्कूल छाडेर सरकारीमा भर्ना हुने क्रम बढेको छ । यसै शैक्षिक सत्रमा गोदावरी नगरपालिका भित्रमा बोर्डिङ छाडेर सयौं बिद्यार्थीहरु दुर्गालक्ष्मी नमूना माबि, सरस्वति माबि लगायत स्कुलमा भर्ना भएका छन् । सरकारी विद्यालयप्रति अभिभावकको भरोसा बढाउन स्वयं मेयर बिरेन्द्र भट्ट आफैं अग्रसर भएका छन् ।
विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको उनको भनाइ छ । गोदावरी नगरपालिकाले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोहीअनुसारका कार्यक्रम गर्दै आएको नगरप्रमुख भट्टले बताए । शिक्षकलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनका लागि तालिम दिने र प्रोत्होसान समेत दिने तयारीमा पालिका रहेको बताउनु भयो । सामुदायिक स्कुलहरुको भौतिक संरचना सुधार सँग सँगै बिद्यार्थीको भविश्यलाई हेर्दै गुणस्तर सुधारमा गर्दै लगेको जनाएको छ ।
असल अभ्यास तथा उपलब्धिहरु
१. आधारभूत तह कक्षा १-३ को स्थानीय पाठ्यक्रम कार्यान्वयन
२. आधारभूत तह कक्षा ४-८ को स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन ।
३. १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा निर्माण ।
४. दरबन्दी मिलानका लागि दरबन्दी मिलान सहजीकरण समिति गठन भइ दरबन्दी मिलान प्रक्रियाको थालनी भएको ।
५. स्थानीय स्तरमा उत्पादित खाद्य सामग्री प्रयोग गरी दिवा खाजा उपलब्धताको सुरुवात ।
६. छात्राहरुलाई सेनिटरी प्याडको पर्याप्तता र उपलब्धता सुनिश्चित भएको ।
७. नगर शिक्षा ऐन तथा शिक्षासंग सम्बन्धित विभिन्न कार्यविधि निर्माण र कार्यान्वयन ।
८. नगरस्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन ।
९. नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन ।
१०. जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भइ तृतीय स्थान हासिल गर्न सफल। दुई वर्ष
११. सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा इन्टरनेटको पहुँच।
१२. एक वडा एक नमूना विद्यालयको अवधारणा अनुसार नमूना विद्यालयहरु निर्माण।
१३. शैक्षिक सरोकारवालाहरुसंग नियमित छलफल, अन्तरक्रिया, समन्वय ।
१४. स्थानीय पाठ्यक्रम प्रबोधिकरण (कक्षा ४.८)
१५. कक्षा (५, ८, १०) को पाठ्यक्रम प्रबोधिकरण ।
१६. लेखा सम्बन्धी काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई IEMIS तालिम उपलब्ध गराइएको ।
१७. बालविकास सहजकर्ताहरुलाई क्षमता विकास कार्यक्रम १०८ स्कुलको ५०% लाई
१८. सिकाइ उपलब्धिका आधारमा विद्यालय र बिद्यार्थीलाई सम्मान ।
१९. अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान ।
२०. मुक्त कमलहरी छात्रबृतिको ब्यावस्था ।
२१. अपाङ्गता छात्रबृतिको ब्यावस्था ।
२२. दलित/ छात्रालाई छात्रबृतिको ब्यावस्था ।
२३. बिद्यालयको विकास/ गुणस्तरका लागि समय समयमा अनुगमन ।
२४. कक्षा ८ को परीक्षा व्यावस्थापन ( परीक्षा केन्द्र नगरमा कोडिङ)


































