अत्तरियाको लोटस आई स्कुलले मनायो २५ औं रजत जयन्ती (फोटो फिचर)

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २५ औं रजत जयन्ती तथा अभिभावक दिवस एक कार्यक्रमका साथ मनाएको छ ।

CP Hospital Dhangadhi


रजत जयन्ती तथा अभिभावक दिवसमा बिद्यालयका संस्थापक गिरिराज कडायतको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट रहनु भएको थियो।

nawajiwan


वार्षीकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम संगै कमलपुञ्ज स्मारीका विमोचन गरिएको थियो । नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल १ हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

Attariya Hospital

यस स्कुलबाट अध्ययन गरेका डा. लक्ष्मी राज भट्ट र ई. किरण भट्टलाई दोसल्ला ओढाएर अभिनन्दन गरियो भने यसै स्कुलमा बिगत १५ बर्ष देखि शिक्षण पेशामा आबद्ध शिक्षक- शिक्षिका एव् पढाईमा उत्कृष्ठ क्षमता प्रदर्शन गरेका बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित खादा र मेडल दिई सम्मान गरेका थिए ।

प्रमुख अतिथि भट्टले विद्यालयले यस क्षेत्रमा पुगाएको शैक्षिक योगदानका बारेमा चर्चा गरेका थिए।उनले यस विद्यालयले प्रदान गर्दै आइरहेको गुणस्तरीय शिक्षालाई लिएर सुदुरपश्चिम सबैभन्दा अब्बल विद्यालयको रुपमा देखा परेको छ भने। उनले विद्यालय लगायत प्रदेशकै शैक्षिक क्षेत्रमा अगाडी बढाउन पुर्याएको योगदानलाई विद्यालयका प्रधानाध्यापक , शिक्षक/शिक्षिका देखि लिएर सम्पूर्ण टिमलाई आभार व्यक्त गरे। उनले यस नगरको प्रमुख नभई आफ्नो व्यक्तिगत तर्फबाट पनि सदैव यस विद्यालयलाई सहयोग गर्न तत्पर रहने छु भनेर भने।