
बझाङः एनएमबि लघुबित्त बित्तिय सँस्था शाखा लिमिटेड शाखा कार्यालय चैनपुर बझाङले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ । सँस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत आज जयपृथ्बी नगपलिका ५ कोटेलीका १४ जना भुकम्प पिडित महिलाहरुलाइ राहत बितरण गरीएको हो ।

कोटेलीमा केन्द्र नं.८४ का सँस्थामा आबद्ध भएका १४ जना महिलाहरुलाइ ग्राहक संरक्षण कोषबाट राहत स्वरुप प्रति व्यक्ति रु ५ हजार प्रदान गरीएको एनएमबि लघुबित्त बित्तिय सँस्था शाखा लिमिटेडकी शाखा प्रमुख अनिता बुढाले बताउनुभयो ।



भुकम्पबाट पिडित सदस्यलाई सोहि केन्द्रका केन्द्र प्रमुख धौलि कुमारी सिंह र उपप्रमुख लक्ष्मि कुमारी सिंहबाट एक जना सदस्य लाइ ५हजारका दरले १४ जनालाइ ७० हजार राहात बितरण गरिएको हो ।

वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई मध्यनजर गर्दै संस्थाले उक्त रकम वितरण गरेको शाखा प्रमुख बुढाको भनाइ रहेको छ ।
विपन्न वर्गसँग सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने बिपद तथा महामारी लगायत विनासकारी घटनाहरुमा यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजिक उत्तर दायित्व कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

































