बझाङका एक युवालाई बिभिन्न प्रलोभन देखाएर ७५ हजार बढि रकम ठगि

Image
Nisarga Hospital

बझाङः मष्टा गाउपालिका २ का एक युवकलाइ बिभिन्न प्रलोभन देखाएर ७५ हजार बढि रकम ठगिएको छ ।

CP Hospital Dhangadhi

अपरिचित मान्छेले ति युवालाइ बिभिन्न आश्वासन दिँदै ७५ हजार बढी रकम असूल गरी अहिले ती अपरीचित व्यक्ति सम्पर्क बिहिन रहेका छन् । एक जना अपरिचित ब्यक्तीले मष्टा गाउपालिका २ का युबकलाइ व्हाट्सएप नम्बरमा एउटा आइफोन र सुनको सिक्रि पठाइदिन्छु भन्दै भिडियो समेत पठाएर विभिन्न प्रलोभन देखाएको खुलेको छ ।

अपरिचित ब्यक्तीले अरुको नाम बाट बैंक अकाउन्ट् खोलेर उक्त खाताको स्क्यान ति युवा लाई पठाएर खातामा पैसा हालेपछि आइफोन र सुनको सिक्रि पठाइदिन्छु भनेपछि नाम नखुलाउने सर्तमा ति युवाले आफ्ना बुबाले भारत बाट पठाएको पैसा घर बाट ल्याएर आइतबार सदरमुकाम चैनपुरको एक मोबाइल ग्यालरी बाट पठाएका थिए ।

nawajiwan
Attariya Hospital

पैसा पठाइसकेपछि ती अपरिचित ब्यक्तीले फोन नउठाएपछि आफ्नो पैसा गुमेको थाहा पाएको उनले बताएका छन् । आफु ठगिएको थाहा पाउने बिक्तिकै ती युवकका आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

यता जिल्ला प्रहरी कार्यालय बझाङले भने पछिल्लो समय साइबर अपराधका घटना धेरै आउने गरेको र यस बिषयमा कुन खातामा पैसा पठाएको हो बैंक स्टेटमेन्ट हेरेर थप अनुसन्धान गरिने इन्स्पेक्टर ब्यापक साहले बताउनु भयो । यस्ता घटना बाट सबैले सजग हुन समेत उहाले सबैमा आग्रह गर्नु भएको छ ।