
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिएका छन् । यसै क्रममा गोदावरी काठेपुलको बरिपरी सरसफाई समेत गरेको जानकारी थ्रीडिभिएल क्रिएसनका अध्यक्ष एलआर ओझाले बताए ।

थ्रीडिभिएल क्रिएसनको आयोजना, NDS Nepal को सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा झण्डा फेरिएका हुन् । राष्ट्रिय झण्डा राखीएपछी सामाजिक सञ्जालमा भाइरल भएको उत्त पुलमा दिनहुँजसो पर्यटक पुग्ने गर्दछन् ।



पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशनले २ बर्ष अगाढी उक्त पुलमा २१ वटा नेपालका झण्डा फहराइएको थियो । प्रदेशकै धार्मिक पर्यटकिय क्षेत्र भएकाले गोदावरी धाममा हुने विभिन्न विकृत गतिविधिहरु रोक्न प्रदेश सरकारले पहल चाल्नुपर्ने बताए ।
































