बझाङमा कृषि यन्त्र मर्मत केन्द्र स्थापना

Image
Nisarga Hospital

बझाङः बझाङमा कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरीएको छ । सदरमुकाम चैनपुर रिङरोडमा खप्तड कृषि औजार बिक्री भण्डार एण्ड मर्मत सेन्टर स्थापना गरीएको हो  । चालु आर्थिक बर्ष २०८० /८१ को कृषि ज्ञान केन्द्रको रु ५ लाख अनुदानमा चैनपुरमा ब्यबस्थित र सुलभ कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरीएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।

CP Hospital Dhangadhi

बझाङमा कृषि ज्ञान केन्द्र, आलु जोन, घरेलु तथा साना उद्योग कार्यालय लगायत स्थानिय तह बाट सयौंको संख्यामा हाते ट्रयाक्टर लगाएतका कृषि यन्त्र अनुदानमा बितरण हुँदै आएको भए पनि मर्मत गर्ने ठाउ नहुदा समस्या भएको भन्ने कृषकहरुबाट गुनासो आउन थालेपछि उक्त मर्मत सेन्टर सञ्चालनमा ल्याइएको उहाले बताउनुभयो ।

Attariya Hospital

बितरण गरीएका यन्त्रहरुमा स सानो समस्या आउदा किसानहरुले मेसीनहरु थन्काएर राख्ने र मर्मत गरीहाले पनि महँगोमा मर्मत गर्नुपर्ने कृषकको बाध्यता रहेको थियो । अब उक्त सेन्टरबाट सस्तो सुलभ मुल्यमा कृषि यन्त्र मर्मत गर्न सकिने भएको छ ।

nawajiwan

साथै जिल्लाको बित्थडचिर गाउपालिका र बुङगल नगरपालिकामा समेत यस्तै कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरीने कृषि ज्ञानकेन्द्रले जनाएको छ । यन्त्र मर्मत तालिमको लागी बझाङ जिल्लाबाट ३ जनालाइ चैत्र ६ गते देखि एक हप्ताकोे लागी महेन्द्रनगरमा पठाइने भएको छ ।