सबै नेताकार्यकर्ता एक भएका छन्, बझाङको उप निर्वाचनमा हाम्रो जित सुनिश्चित छ-सभापति बलायर

Image
Nisarga Hospital

बझाङ: बझाङको उप निर्वाचनका लागि घर दैलो अभियानमा रहेका नेपाली काँग्रेस प्रदेश सभापति बिर बहादुर बलायरले कांग्रेसको उम्मेद्वार अभिषेक सिंहको जीत सुनिश्चित रहेको बताएका छन् ।

सुदुर पश्चिम प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेद्वार अभिषेक बहादुर सिंहलाइ जिताउ भन्ने अभियान लाइ सम्बोधन गर्न पुगेका सभापति बलायरले सबै नेता कार्यकर्ताहरुलाई गुट उपगुटमा नलागि कांग्रेसको साझा उमेद्वार लाइ जिताउन सबैलाई निर्देशन दिएका छन् ।

CP Hospital Dhangadhi

हाम्रो पार्टी नेपाली कांग्रेस चुनाव प्रचार प्रसारमा लागिसकेको छ भने हाम्रा प्रतिस्पर्धी साथीहरु पनि प्रचारप्रसारमा लागिरहनु भएको छ । हामी दिनरात नभनी जनताका घरघरमा पुगेर चुनावी प्रचार गरिरहेका छौँ । यो समय आफ्ना एजेन्डा जनतासामु लैजाने उपयुक्त समय पनि हो ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि चाहिने अंकगणितमा बझाङबाट जित्ने प्रदेश सभा सदस्यले महत्त्व राख्ने भएकाले दलहरूले उपनिर्वाचनलाई महत्त्वका साथ हेरेको बताएका छन् ।

Attariya Hospital

कांग्रेसले स्वर्गीय सांसद सिंहका छोरा अभिषेक बहादुर सिंह, एमालेले दमन भण्डारी र माओवादी केन्द्रले जनक बुढालाई आ–आफ्ना उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् ।

nawajiwan