
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका भित्र केन्द्रीय योजना ल्याउनका लागि विभिन्न योजनाका डिपिआर बोकी संघीय राजधानी काठमाण्डौमा मन्त्रालय देखि उच्चपदस्त नेता कार्याकर्ता सँग भेटघाटमा गोदावरीका मेयर ब्यस्त छन । आउने आर्थिक बर्षका लागि सरकारको बजेट विनियोजन गर्ने समय नजिकिदै गर्दा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले ८–१० ओटा योजनाका डिपिआर फाईल बोकेर उच्च ओहदाका नेता देखि मन्त्रालय दैनिकजसो जाने गरेका छन् ।

यसै शिलशिलामा शुक्रबार नेपाली काङ्ग्रेसका पार्टी सभापति एव् पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा सँग गोदावरीको समग्र विकासका लागि आवश्यक सहयोग गरी दिन विशेष भेटवार्ता भएको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
भेटघाटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकियो तर, ६ बर्ष पार गर्दा पनि केही भौतिक प्रगती नभएको जानकारी गराउदै प्रमुख भट्टले यसतर्फ पनि छिटो कदम चालिदिन अनुरोध गरेको जनाएका छन ।


सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा चिनिने अत्तरिया बजारको मुटुमा रहेको अत्तरिया बसपार्कलाई स्तरउन्नति गर्दा नेपाली सेनाबाट अवरोध सृजना भएको जनाउदै उक्त क्रियाकलापलाई पनि साधामानका लागि लागेको बताएका छन ।
त्यस्तै गरी सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भिमदत्त राजमार्ग रहेको, बर्षातको समयमा पहिरोबाट हप्तौ दिन अबरुद्धको पीडालाई तिलान्जली दिनका लागि चौकीडाँडा फल्डुडे सडक खण्डलाई अगाडि बढाउनमा सहजीकरण गरी दिन समेत अनुरोध गरेका छन ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तिर्थस्थल गोदावरी धामलाई भारतको हरीद्वारको स्वरुप दिनका लागि प्रदेश र केन्द्रिय बजेटबाट मात्र सम्भव भएकोले यसलाई विश्वसामु चिनाउने गरी धार्मिक पर्यटकीयस्थलसँगै आर्यघाट ब्यावस्थित पार्न र अत्तरिया चोकदेखि गोदावरी धाम सम्म ६ लेन सडक खण्ड निर्माणका लागि योजना अगाडि बढाएको जानकारी नगर प्रमुख भट्टले जनाएका छन ।































