बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ४९.१२ प्रतिशत मत खस्यो

Image
Nisarga Hospital

बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ४९.१२  प्रतिशत मत खसेको छ । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९.१२  प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनुभयो ।

CP Hospital Dhangadhi

बझाङ प्रदेश सभा १ (क) मा मतदाताको सङ्ख्या ६१ हजार सात सय ४८ रहेको छ । बिहानको समय मानिसहरू काममा व्यस्त भएको हुनाले खाना खाइसके पछि मतदान केन्द्रमा मतदाताको सङ्ख्या बाक्लो भएको थियो । मतदान कार्य व्यवस्थित र सुरक्षित बनाउनका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।

सुरक्षा समितिको विश्लेषण अनुसार २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोही अनुसार सुरक्षा व्यवस्थापन गरिएको थियो उहाँले भन्नुभयो । सुरक्षा संवेदनशीलता हेरेर सात देखि १५ जना सम्म प्रहरी एउटा मतदान केन्द्रमा खटाएको थियो भने । थप सुरक्षाकर्मी सहितको मोबाइल टोलीले पनि गस्ती गरिरहेको थियो ।

nawajiwan
Attariya Hospital

मतदानको समय सकिए सँगै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । साइपाल गाउपालिकाबाट मतपेटीका हेलिकोप्टरबाट ल्याइने भएपनि सँकलन गर्न समय लाग्ने भएपछि भोलि बिहान मात्र मतपेटीका पुग्ने भएको छ । मतपेटिका मतदान केन्द्रबाट सिधै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहान सम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो ।

बझाङ १ (क) मा प्रदेश सभा सदस्यका लागी ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि यहाँ उपचुनाव भएका हो ।