कैलालीको गोदावरी आर्यघाटको खोलामा पानी सुक्दा बैकल्पिक तयारीमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी नदीमा रहेको सुदूरपश्चिमकै चर्चित धार्मिक तिर्थ स्थल गोदावरी धामको समिपमा रहेको गोदावरी आर्यघाटमा पानीको समस्या देखिएको छ । हिउँदको सुख्खा मौसममा खोलामा पानी सुक्दा लाशलाई अन्तेस्टी गर्न समेत समस्या देखिएको छ । अन्तिम संस्कार गरिदै आएको गोदावरी आर्यघाट क्षेत्रमा चैत महिनापछि पानी सुकेको हो । नदीमा पानी नभएकाले आर्यघाटमा दाहसंस्कारमा समस्या हुने गरेको छ।

CP Hospital Dhangadhi

चुरे क्षेत्रको वन मासिनु र बसोबास बढेकाले नदीको पानी सुकेको हुन सक्ने अनुमान गरिएको छ । पानी नभएका कारण अन्तिम संस्कारका लागि बालिएको चिताका काठ तथा कोइलाहरु बगेका छैनन्। नदी किनारमा अन्तिम संस्कारमा प्रयोग भएका कात्रोसहितका कपडाहरु पनि छरपस्त्र फालिएका देख्न सकिन्छ।

nawajiwan

अन्तिम संस्कार गर्न पनि पानीको अभाव भएको बताउदै वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले भने, “नदीमा पानी छैन्। पहिलेका वर्षहरुमा यस्तो समस्या थिएन्। यो वर्ष चैत सुरुभएदेखि नदीमा पानी छैन। माथितिर सानो पानी भएपिन यो ठाउँमा छैन। अब हामीले यस क्षेत्रमा समस्याको सामाधानका लागि पहिले अत्तरिया खानेपानीले निर्माण गरेको बोरिङ बाट पानी निकाली यसै क्षेत्रमा पहिले निर्माण गरीएको दाहास्कार गृहमा नै पाईपको पानीबाट सरसफाई गर्ने ब्यावस्था मिलाउदै छौ, भोली देखि नै हामी यो कामको लागि अगाढी बढ्ने बताएका छन ।

तेसै गरी नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले यस सुदुरपश्चिमका ६ वडा पालिकाको केन्द्रको मुख्य दाहासंस्कार गर्ने ठाउँमा पानीको अभाव हुदै गर्दा यसलाई दिगो सामाधानको लागि डिपिआर बनी सकेको र योजना अगाढी बढ्नासाथ यस ठाउको समग्र विकासका लागि हामी लागि परेको धारणा ब्यक्त गरेका छन ।

यो वर्ष चैत सुरु भएदेखि नै आर्यघाटमा पानीको अभाव भएको हो। आर्यघाट क्षेत्रमा पानी नभएकाले अहिले आर्यघाटदेखि केही माथिको क्षेत्रमा अन्तिम संस्कार गर्न थालिएको छ। उनले भने, “आर्यघाट क्षेत्रमा एक थोपा पनि पानी छैन। माथिल्लो क्षेत्रमा अन्तिम संस्कार गरिदै आएको छ।”

Attariya Hospital

तेस्तै गरी अत्तरिया खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टिका दत्त जोशीले भने सुदूरपश्चिमको महत्वको ठाउँलाई सबैले धार्मिक मान्यता अनुरुप संस्कृति संस्कार अनुरुप काज क्रिया सँगै लाशलाई सतगत गर्न सबैले यसै पबित्र धार्मिक स्थलमा आउनु पर्ने आवश्यकता हुन जान्छ, मैले र अत्तरिया खानेपानीको तर्फबाट पानी ल्याउन बैकल्पिक मार्गका लागि बोरिङबाट भए पनि पानी निकाल्न सदैब साथ र सहयोग गर्ने बताएका छन । चुरे क्षेत्रका जंगलमा भएको दोहन र बसोबासका कारण नदीको पानी प्रत्येक वर्ष कम हुँदै गएको र माथिको बस्तीलाई तल झार्ने र तराईमा एकिकृत बसोबासको बिकल्प सोच्नु पर्ने निर्णय आएको बताएका छन ।

तेस्तै गरी गोदावरी आर्यघाटको ब्यावस्थापनको बिषयमा यस ठाउँमा मलामी भएर आउने जनताहरु पनि सचेत हुनु पर्ने जानकारी स्थानिय समाजसेवी तथा अत्तरिया खानेपानीका प्रतिनिधि यादब फुलाराले बताएका छन । यस आर्यघाटमा राखिएको फोहर मलाई भन्ने ठाउँमा फोहर हाल्नु पर्ने, कपडा तथा पानीको बोत्तल प्रयोग पश्चात जतातेतै फाल्न नहुने अत्तरिया खानेपानीले खारेको बक्समा फाल्न सबैलाई सुझाव समेत राखेका छन ।

बिगत ३-४ महिना देखि गोदावरी आर्यघालाई दैनिक जसो सरसफाई गर्दै आएका स्थानिय व्यावसायी टेक बहादुर खड्का भन्छन, ” गोदावरी धामलाई सरसफाई गर्नु पर्छ, पृत्रीहरुका कपडा हादासंस्कार पश्चात अलपत्र फालिदा कर्मकाण्ड पुरा गरे पनि कपडा तथा अन्य सामाग्री यही आर्यघाट वरीपरी छरपस्ट रुपमा देखिदा आत्मा कतै तेही कपडा संग तड्पी रहेको पो छन की तेसैले सबैले फोहोर ब्यावस्थान गरौ”