गोदावरी नगरपालिकामा एकल महिलाका सन्तानलाई छात्रवृत्ति वितरण

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका भित्र रहेका विपन्न तथा सिमान्तकृत छात्राहरुलाई क्षात्रवृत्ति वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एव् न्यून आय भएका गोदावरी नगरभित्रका एकल महिलाका सन्तानलाई मानव अधिकारको लागि महिला एकल महिला समूह धनगढीले छात्रवृत्ति दिइएको छ ।

CP Hospital Dhangadhi

आर्थिक अवस्था कमजोर रहेका एकल महिलाका सन्तानलाई थोरै भए पनि साथ दिन छात्रवृत्ति दिइएको समूहकी कोषाध्यक्ष मनोयरी भण्डारीले बताइन् । सबै समूहबाट धेर थोर बाचेको रकम जम्मा गरी सामाजिक उत्तरदायी भएर काम गरेको बताईन । यस पालिका भित्र रहेका एकल महिलाका सन्तान धेरै रहे पनि दैनिक गुजार गर्न समस्या भएका, मजदुरी गरी छाक टार्नेका सन्तालाई छात्रबृत्ति दिन आवश्येक जनाउदै पालिका भित्रका विपन्न तथा सिमान्तकृत छात्राहरुलाई क्षात्रवृत्ति वितरण गरेको बताईन । आजको लागि क्षात्रवृत्ति वितरण १० जनालाई जनही ४-५ हजार बराबरको समान ( झोला, कपी, डटपेन, छाता, ज्यमिति बक्स) प्रदान गरिएको छ ।

nawajiwan

क्षात्रवृत्ति वितरण कार्यक्रमको सभापतित्व यस मानवअधिकारका लागि महिला एकल महिला, गोदावरी एकल महिला समूहका अध्यक्ष धना पाठक रहेकी थिईन भने कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए। क्षात्रवृत्ति वितरण कार्यक्रममै प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट , सामाजिक शाखाका ज्ञानेन्द्र कुमार भट्ट, महिला विकास शाखा प्रभा हमाल लगायत मानवअधिकार कर्मी एक महिलाहरु र क्षात्रवृत्ति पाउने विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Attariya Hospital

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, विपन्न तथा सिमान्तकृत एव् न्यून आय भएका छात्राहरुलाई विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए। अहिले यस मानब अधिकारका लागि महिला समूहले बितरण गरेको छात्रवृत्तीले बालबालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हुदै गर्दा लदित, गरीवीको रेखामुनी रहेकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहान हुनेमा आफू विश्वस्त रहेको बताएका छन । आगामी दिनमा यस समूहलाई आवश्येकता पहिचान गरी पालिकालाई कार्यक्रमका लागि अगाढी बढ्न र पालिकाले के कति सहयोग गर्न सकिन्छ हामी अवस्य साथ दिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।


मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष धना पाठकले एकल महिलाले सामान्य जीवनयापनकै लागि सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।  कार्यक्रमको सञ्चालन एकल महिला ऋतु खड्काले गरेकी थिइन भने स्वागत मन्तब्य मानव अधिकारका लागि महिला कि राधिका जोशीले गरेकी थिइन।