गोदावरी १२ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०२ जनाले लिए सेवा

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३०२ जना जेष्ठ नागरिकले सेवा लिएका छन ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका वडा न. १२ को आर्थिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा पद्मा अस्पतालका बिशेषज्ञ डाक्टरहरु फिजिशियन, अर्थो, महिला रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, मेडिकल रोग बिशेषज्ञ लगायतको टोलीद्वारा चेकजाँच तथा उपचार भएको हो ।

nawajiwan


अत्तरियाको पद्मा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा सोमबार र मंङ्गलबार २ दिन जेष्ठ नागरिकका लागि गोदावरी नगरपालिका वडा नं १२ को कोल्मुडामा र मा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

स्थानीय ९४ वर्षीय हरि सिंह बडैला भन्छन, “गाउँमै विशेषज्ञहरुको टोलीले गरेको निःशुल्क स्वस्थ्य शिविरबाट हामीले सबै कुराको समस्याबाट जानकारी पायौ, यस वडाका वडा अध्यक्ष भिम खड्का जस्तै सबै जनप्रतिनिधी बनुन”भनेका छन ।

अस्पतालमार्फत नगरपालिकाकै सहयोगमा वडा नम्बर १२ को कोल्मुडा र गोदाडामा शिविरको आयोजना गरिएको थियो। दुबै शिबिर मार्फत महिला १७७ र पुरुष १२५ गरि ३ सय २ जनाले स्वास्थ्य परीक्षण तथा उपचार गरेका छन्।

Attariya Hospital

भिडियो एक्सेरे सहितको सेवा गाउँमा नै पाउदा स्थानिय जेष्ठनागरिक खुसी ब्यक्त गरेका थिए । यसै बिच स्त्री रोग विशेषज्ञका अनुसार गाउँबस्तीमा मेलापात, दौडधुपले गर्दा महिलामा पाठेघर खस्ने समस्या देखिए सँगै उक्त शिविरमानै ३ जना महिलालाई रिङ हाली केही सहजता प्रदान गरेको बताएका छन ।

यसै बिच स्वास्थ्य शिविरमा आँखाको चेकजाँच र उपचारका क्रममा ३७ जना जेष्ठ नागरिकलाई मोतियाबिन्दु देखिएकोले उहाँहरुलाई थप उपचारका लागि धनगढीमा रहेको धनगढी नेत्रालयमा निःशुल्क अपरेसन समेत ब्यावस्थ गरेको जानकारी वडा न. १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले बताएका छन । खड्का भन्छन मैले चुनाव र अन्य समयमा बोलेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै छु, आफू यस क्षेत्रका जनताको विकासका लागि नै मैले राजनिति गर्दै आएको समेत बताएका छन ।

नगरपालिका जनताको स्वास्थ्य तथा विशेषगरी जेष्ठ नागरिक प्रति सहयोग गर्न स्वास्थ्य शिबिरको आयोजना गरिएको र आगामी वर्षहरूमा प्रत्येक वडाहरूमा लैजाने गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले बताए।

तेस्तै गरी शिविरलाई प्राबिधिक सहयोग पुर्याएका पद्मा अस्पतालका निर्देशक डा. नर बहादुर मौनीले यसरी गाउँ बस्तीमा शिविरले सबैलाई क्रमिक रुपमा स्वस्थ्य परीक्षणमा हामीले सक्ने सहयोग गर्दै जाने र आगामी दिनमा अन्य वडामा पनि शिविर संचालनमा सहयोग  पुराउन सहयोग गर्ने बाएका छन

सम्बन्धित समाचार

गोदावरी नगरपालिका १२ द्वारा जेष्ठ नागरिकका लागि स्वाथ्य शिविर सञ्चालनमा

गोदावरी नगरपालिका -१२ को कोलमुडा र गोदाडामा स्वास्थ्य शिविर हुदै