
जयपृथ्वी नगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा विशेषज्ञ चिकित्सक सहितको दुग्ध पकेट क्षेत्रमा बाझोपन निवारण शिविर सम्पनन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङ्गको आयोजनामा उक्त शिबीर सञ्चालन गरिएको हो ।


जेठ ८ गते वडा नम्बर ३ र ४ मा भएको शिबीरमा ६० वटा गाइ भैँसीको बाझोपनको उपचार गरीनुका साथै औषधि बितरण गरीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङ्गका नायब पशु सेवा प्राविधिक कविराज धामीले बताउनुभयो ।

यस्तै जेठ ७ गते वडा नम्बर ८, र १० मा समेत शिबीर सञ्चालन गरिएको थियो । उक्त शिबीरमा २५ घर धुरीका ३० वटा बाझोपन भएका पशुहरुको उपचार गरिएको थियो । शिविरमा कृषि तथा विज्ञान विश्व विद्यालय चितवनका सहप्राध्यापक तथापशु प्रज्वनन विशेषज्ञ डा गोकर्ण गौतम र दुर्गा भवानी मा वि तलकोटका प्रशिक्षक डा नबिन पन्थी सहितको टोलिले सेवा दिनुभएको थियो ।



बाझोपनका विभिन्न कारण रहेकाले पोषाहारको कारणले भएको रहेछ भने सन्तुलित आहारा जस्ते हरियो घाँस अवस्था अनुसार खान दिनुपर्ने, पशुलाई प्रत्येक ६–६ महिनामा आन्तरिक परजीवी विरुद्ध औषधि खुवाउनु पर्ने लगाएतका सुझावहरू पशु चिकित्सकहरूले कृषकहरुलाइ दिनुभएको थियो ।
पशुहरूमा देखि बाझोपन निवारण गर्ने उदेश्यले भिडिओ एक्सरे सहितको विशेषज्ञ चिकित्सक सहितका शिबीर बझाङमा पहिलो पटक सञ्चालन गरिएको हो । यसरी गाउँमै शिबिर आएर सेवा लिन पाउँदा आफुहरूलाई धेरै फाइदा पुगेको र गाईवस्तुहरूको पनि उपचार गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास भएको सेवा लिन आएका कृषकहरूले बताएका छन ।































