नगर शिक्षकलाई वैधानिकता दिन परीक्षामा सहभागि गराएका हौँ – नगर प्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले नगर शिक्षकलाई वैधानिकता दिन परीक्षामा सहभागि गराएको बताएका छन् । नगर शिक्षक भनिएपनि कार्यविधिमा अनुदान शिक्षक उल्लेख गरिएकोले वैधानिकता दिन परीक्षामा सहभागि गराएको उनले बताएका हुन् ।

CP Hospital Dhangadhi

पूर्व मेयर हरिसंह साउँदको पालामा नियुत्त भई अनुदान तलब खाँदै आएका शिक्षकलाई वैधानिकता दिन परीक्षामा सम्मेलित गराईएको उनको भनाई छ । सँधै अनुदानको बजेट नहुनसक्ने भन्दै नगर शिक्षक बनाउने अवधारणा अनुरुप काम अगाडि बढेको भट्टले बताएका छन ।

nawajiwan

गोदावरी नगरपालिकाले २०७८ फागुनमा १४३ जनालाई नगर शिक्षकमा नियुक्त गरेको थियो । विद्यालय र विषय शिक्षकको आवश्यकता पहिचान नगरी शिक्षक भर्ति गएिकोले अहिले समस्या उतपन्न भएको भट्टले बताएका छन् ।

Attariya Hospital

पछिल्लो समयमा बिद्यालय समायोज गर्दा पनि समस्या एव् आलोचना सुनिन थालेका छन, गाउँघरमा भन्न थाले ‘यो त बाजे परबाजेको पालाको स्कुल हो, हाम्रो त चिनारी नै हटाई गए भन्ने गुनासा सुन्दै गर्दा हामीले १ बर्ष अघि देखि बिद्यार्थी कम भएको बिद्यालयलाई परी पत्र सहित स्थलगत अनुगमनमा सम्झाएकै थियौं तर जे जति गर्दा पनि बिद्यालयमा बिद्यार्थीको संख्या नपुग्दा बाध्य भएर समायोजन गरेका हौ” । सरकारी बिद्यालयमा बिद्यार्थी भर्ना न गराउने, सबै महङ्गो पैसा तिरेर भए नी प्राईभेट स्कुलमा लगाउन खोज्ने, अनि हामीलाई बिद्यालयको नाम निसाना हटायो भन्दै हिड्नेहरु हाम्रै समजमा छन ।

पछिल्लो समय बिद्यालय समायोजनका लागि ११ ओटा बिद्यालयलाई परीपत्र गर्दै गर्दा, हामी बिद्यार्थी संख्या बढाउछौ भन्ने अभिभावक तथा शिक्षकहरुको मेहनतले अहिले केही बिद्यार्थी भर्ना भएका छन । ११ ओटा बिद्यालय मध्ये ४ ओटा बिद्यालय अहिले समायोजन भै सकेका छन ।

प्राईभेट सेक्टर बाट संचालित बोर्डिङ स्कुलमा शिक्षकहरुको तलब १०-१५ हजार हुदै गर्दा उनीहरुको बिद्यार्थी पास हुने, पढाई राम्रो हुने, तर हाम्रो सामुदायिक बिद्यालयहरुका शिक्षकहरुले तलब बढी खादै गर्दा सरकारी बिद्यालयमा शिक्षाको गुणस्तर किन खस्किदो अबस्थामा ? समय समयमा तालिम पनि दिदै गर्दा पनि गुणस्तरको नहुदा हामी पछिल्लो समयमा शिक्षकहरुलाई पनि नगरपालिकाको नियममा बाध्न बाध्य भएका छौ, केही दिन पछि कुन बिद्यालयमा कुन तहको कुन बिषयको शिक्षकको आवश्यकता छ, त्यो बुझी निटक भविश्यमा शिक्षकहरु पदपुर्ती गर्ने जानकारी मेयर भट्टले बताएका छन ।