बर्षातमा आउने बाढीबाट बस्ती जोगाउन शेहरीमा बृहत तटबन्धन निर्माण कार्य अन्तिम चरणमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ९ मा रहेको खुटिया नदीको शेहरीमा बृहत रुपमा तटबन्धन निर्माण अन्तिम चरणमा पुगेको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाको खुटिया नदीको तल्लो तटिय क्षेत्रमा बर्सातको समयमा बाढी आई गाउँ बस्ती नै उठिबास हुन बाट बचाउनका लागि एडिबि (जनता तटबन्ध कार्यक्रम) र गोदावरी नगरपालिकाको ३ करोड लागनीमा बन्दै गरेको ततबन्धन निर्माण गोदावरी नगरपालिकाको सेहरीमा तटबन्धको काम सम्पन्न हुदै गरेको छ ।

nawajiwan

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन । समयमै गुणस्तिरिय र जनताका लागि केन्द्रित भएर काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । गोदावरी नगरपालिका -९ को सीमा भएर बग्ने ठाउँमा तटबन्ध निर्माण हुदै गरेको छ ।

Attariya Hospital

तेसै गरी अनुगमनमा बोल्दै वडा नं ९ का वडा अध्यक्ष रामलाल चौधरीले भने,जनताको हितका लागि आफू राजनितिमा आएको र खोला नदीबाट जनता बचाउन आफू निरन्तर लागि रहेको बताए ।

खुटिया नदीको शेहरीको भेगमा वारी पट्टी गोदवारी नगरपालिका वडा न. ९ र पारी पट्टी धनगढी–१७ मा खुटिया नदीले वर्षेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि गोदावरी नगरपालिकाले ग्याविन जाली सहितको पक्कीखाले तटबन्धन गरिरहेको जानकारी ननगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । अहिले तटबन्धनको काम जारी नै रहेको जानकारी दिए ।

नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी तटीय क्षेत्र आसपासको सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ । चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो, ढुङ्गा र बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ ।