बिपन्न तथा गरिब बालबालिकाको साथी बन्दै छिमेक लघुबित्त

Image
Nisarga Hospital

तनहु:जिल्लाको ब्यास नगरपालिका स्थित वडा नं. १२ मा अबस्थित श्री कर्लुङ आधारभुत बिध्यालयका सम्पुर्ण ४५ जना गरिब तथा बिपन्न बर्गका छात्रछात्राहरुलाइ ट्र्याकसुट सहितका पोसाक सामाग्री वितरण गरिएको छ।छिमेक लघुबित्त बित्तीय संस्थाको सामाजिक विकास तथा ग्राहक संरक्षण विभाग CSR संस्थागत सामाजिक उत्तरदायित्व कोषको आर्थिक सहयोगमा यहि असार ०२ गतेका दिन शाखा कार्यलय दमौली द्वारा पोसाक हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा संस्थाका गण्डकी प्रदेश प्रबन्धक श्रीकृष्ण जोसी, बरिस्ठ अनुगमन अधिकृत द्वय टेकराज पन्थ(सुशील), धुर्बराज अधिकारी, दमौली शाखाका शाखा प्रबन्धक गणेश प्रसाद घिमिरे, स्याङ्जा शाखाका कर्मचारी लक्ष्मण डौलिया तथा बि.ब्या.स का पधादिकारीहरु , जनप्रतिनिधि ,बिध्यालयका शिक्षकबर्ग, अभिभावक ज्येस्ठ नागरिक र स्थानिय समाजसेवी हरुको गरिमामय उपस्थितिको रोहबरमा कार्यक्रम सम्मपन्न गरिएको छ।

nawajiwan

Attariya Hospital

कार्यक्रमले बित्तिय सचेतना सहित कलिला बालबालिकामा अझ हौसला र उत्साह थपिएको प्र.अ पदमबहादुर पन्थ बताउनुहुन्छ। त्यसैगरी कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथी तथा प्रदेश प्रबन्धक जोसिले सरकारी बिधालयमा गुणस्तरमा सुधार गर्नको लागि सम्बन्धित सबै पक्षले हातेमालो गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो।

यसै अवसरमा व्यास १२ कर्लुङ निवासी पुर्व शस्त्र प्रहरी उपरीक्षक (S.P.) दिल वहादुर पन्थवाट आफ्ना स्वर्गीय माता पिता धन वहादुर र चिजमाया पन्थकाे स्मितिमा रू ५०००० ( पचास) हजारकाे अक्षयकोष स्थापना समेत गरिएको छ।पुर्व S.P दिल बहादुर पन्थ तथा छिमेक लघुबित्त बित्तिय संस्था र सहजीकरण गरिदिनु भएकोमा संस्थाका बरिस्ठ अनुगमन प्रमुख श्री टेकराज पन्थ (सुशील) लाई गाउँबासी द्वारा धन्यबाद ज्ञापन समेत गरिएको छ।

Advertize US