वित्तीय जोखिम हस्तान्तरण सम्वन्धी अन्तरक्रिया वैठक सम्पन्न

Image
Nisarga Hospital

बझाङः स्थानीय सरकार र बिमा कम्पनि बिच एक दिने गोष्ठि जयपृथ्बी नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, युनिसेफ नेपाल, यु एन ओमनको प्राविधिक सहयोगमा ग्रमिण महिला विकास तथा एकता केन्द्र (रुडूक) द्वारा संचालि सुपर परियोजना र जयपृथ्वी नगरपालिका संगको सहकार्यमा मिति २०८१ असाढ ०७ गते वैठक बसेको हो । जयपृथ्बी नगरपालिका वडा नमबर ९ र १० मा सञ्चालित सुपर परीयोजना कार्यक्रम अन्तगत बिपद पुर्बतयारी तथा बिपद पश्चात स्थानीय तह र बिमा कम्पनिहरुको भुमिका निर्धारण गरी समुदायको उत्थानशीलता बृद्धि गर्न र जयपृथ्बी नगरपालिका वडाहरु र बिमा कम्पनीहरु क्रियाशिलता बढाउने उदेश्यले उक्त गोष्ठि गरीएको हो।

CP Hospital Dhangadhi

उक्त वैठकमा विमा कम्पनीहरुले निर्जिवन विमाको महत्व आवश्यकता, यसको महत्व ,विमा गर्ने प्रक्रिया, विमा गर्ने क्रममा आवश्यक पर्ने कागजातहरु र विमाका लाभांस दावी सम्वन्धी सम्पूणर् प्रक्रियाको वारेमा विमा कम्पनीका प्रतिनिधिहरुहरुले प्रस्तुतीकरण गरेका थिए । यस्तै वैठकमा विपद् पूर्व तथा विपद् पश्चात स्थानीय तह र विमा कम्पनीरुको भुमिका के कस्तो रहने वा हुनु पर्ने भन्ने विषयमा छलफल समेत गरीएको थियो ।

वैठकमा सरोकारवाला बिच छलफल गदै नगरपालिका अन्तरगतका विषयगत शाखाहरुले समुदाय स्तरमा संचालन गर्ने कार्यक्रमहरुमा सहभागिहरुलाई विमा सम्वन्धी जनचेतना फैलाउने , वझाङ जिल्ला स्थित सवै विमा कम्पनी र जयपृथ्बी नगरपालिकाको समन्वयमा सबै एफ एम रेडियो मार्फत विमा सम्वन्धी जनचेतनामूलक सन्देश प्रशारण गर्नुका साथै समुदाय स्तरमा विमा सम्वन्धी जनचेतना फैलाउने लागि सवै विमा कम्पनीहरुले पैरवी गर्ने सम्वन्धी छलफल हुनका साथै शहरी विपद् व्यवस्थापनका लागि हामी सयुक्त रुपमा प्रतिकार्य क्षमता अभिवृद्दि गरी सहकार्य सहित अगडी वढ्ने, जयपृथ्वी नगरपालिका भित्र हुन सक्ने विपद् जोखिम हस्तान्तरण गर्ने कार्यमा आपसी सहयोग र सहकार्य सहित विपद् व्यवस्थापनमा हातेमालो गर्ने र पालिकामा विपद् जोखिम विमा सम्वन्धी कार्यविधि वनाई नगरपालिका भित्रका संरचना (नीजि आवास) तथा व्यपार व्यवसायहरालाइ थप सहयोग गर्ने कार्यलाइ जयपृथ्वी नगरपालिकाको अगुवाई र उद्योग वाणिज्य संघको सहयोगमा पालिका भित्र विमा शाखा प्रवर्द्धन गर्ने प्रतिवद्धता समेतको समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।

nawajiwan
Attariya Hospital

वझाङ जिल्ला आफैमा विपद्को उच्च जोखिममा रहेको जिल्ला भएकाले भौतिक संरचनाहरु विपद्ले क्षति हुन सक्ने र जसले कृषि तथा पशुपालन व्यवसायमा संलग्न रहेका कृषकहरुलाइ पनि विपद् तथा प्राकृतिक प्रकोपहरुले क्षति गर्ने सम्भावना उच्च रहेकाले भौतिक संरचना, वाली नाली र पशु विमा गर्नु अनिवार्य देखिएको बिमा कम्पनिका प्रतिनिधीहरुले बताएका छन् ।

बिपद जानकारी गरेर नआउने भएकाले जीबन सँगै पशु र बालि नालि सममको विमा अनिवार्य रुपमा गर्नुपर्ने र नगरपालिकाले पनि समुदायमा यसबारे जानकारी दिन सहयोगी भुमिका खेल्र्ने जयपृथ्बी नगरपािलका नगर प्रमुख चेतराज बजालले बताउनुभयो ।

जयपृथ्वी नगरपालिकाका नगरप्रमुख श्री चेतराज वजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सवै वडाका वडा अध्यक्षहरु, जयपृथ्वी नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधहरु, उद्योग वाणिज्य संघ वझाङका प्रतिनिधि, जिल्लामा रहेका निर्जिवन विमा कम्पनीहरु, युएनडिपी / सुपर परियोजाका प्रतिनिधि र रुडुक संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुहरु सहभागिता रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको सहजिकरण युएनडिपी/ सुपर परियोजाका जिल्ला प्रतिनिधि हर्क वहादुर ऐरले गर्नु भएको थियो ।