
सामुदायिक आपत्कालीन प्रतिकार्य समुहलाइ पुनरताजकिय तालिम सोमबार सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग , युएनडिपी युएनओमन,युनिसेफकोे प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था रुडुक द्वारा सञ्चालित सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरीएको हो ।

विपदबाट हुने जोखिम न्यूनीकरण तथा बिपतमा भएका घटनाको प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा १ दिने पुनरताजकिय तालिम प्रदान गरीएको हो ।


प्राकृतिक प्रकोप तथा विपद् पश्चात् जोखिममा परेकाहरूलाई आधारभूत सिद्धान्तहरू अन्तर्गत घाइतेहरूको प्राथमिक उपचार र यसका सिद्धान्त सम्बन्धी प्रशिक्षक खगेन्द्र राज जोशीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी परियोजना लागु भएका जयपृथ्बी नगरपालिकाको वडा नम्बर ३,४,९,१०,११ वडाबाट सिइआटीहरू र रुडुक संस्थाका कार्यकारी निर्देशक अम्मर साउद, जिल्ला प्रशासन कार्यालयका बिपत सम्बन्धी फोकल प्रशन नन्द धामी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै जिल्ला प्रशासन कार्यालयका बिपत सम्बन्धी फोकल प्रशन नन्द धामीले सहि समयका तालिम गरेको भन्देै खुसी व्यक्त गर्नुभयो । बर्खाको समय छ यस्तो समयमा यो तालिमले धेरै सहयोग पुग्ने उहाँको भनाइ थियो ।

































