बझाङ जिल्ला सुदूरपश्चिमकै तेस्रो पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

Image
Nisarga Hospital

१६ महिना देखि ५ वर्षमुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि बझाङ जिल्लालाइ सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

CP Hospital Dhangadhi

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बीच बझाङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १२ वटा स्थानीय तहका सबै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ३ हजार ४ सय ४८ जना बालबालिका र १६ महिना देखि ५९ महिना सम्मका १० हजार ८ सय १४ जना बालबालिकाले पाउनुपर्ने सबैले पूर्ण खोप पाएको सुनिश्चित भएको हो । यो सँगै बझाङ सुदूरपश्चिम प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सहितको जिल्ला बनेको छ ।

nawajiwan

जन्मेदेखि १५ महिना मुनिका ५ जना शून्य डोज र १५ जना बालबालिका ड्रप आउट भेटिएका थिए भने १६ महिना देखि ५९ महिना सम्मका बालबालिका मध्य ११ जना शून्य डोज र १ सय ४७ जना बालबालिका ड्रपआउट भेटिएका थिए । छुटेका सबै बालबालिकालाई बैशाख महिनार्लाइ खोप महिनाको रूपमा मनाएर कार्यतालिका अनुसार खोप लगाइएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत लाल बहादुर धामीले बताउनुभयो । जिल्लाका १ सय ४७ खोप केन्द्रबाट १३ वटा रोग विरुद्धको १४ वटा खोप निःशुल्क दिदै आएको छ ।

Attariya Hospital

बझाङलाई ०७२ पुष १० गते पूर्णखोप सुनिश्चित जिल्ला घोषणा देखि बर्सेनि पूर्णखोप सुनिश्चिता र दिगोपाना जिल्ला घोषणा हुँदै आएको छ ।

जिल्ला घोषणा कार्यक्रममा जिल्लाका राम्रो काम गर्ने स्वास्थ्य सस्थाहरू लाइ सम्मान गरिनुका साथै स्वास्थ्य क्षेत्रमा लामो समय देखि काम गर्दै आउनु भएका स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशी र जनस्वास्थ्य निरीक्षक दीपक बहादुर ऐडि लाइ सम्मान गरिएको थियो । साथै राष्ट्रिय खोप कार्यक्रम २०८१ मा जिल्ला खोप समन्वय समितिको मुल्याँकनको आधारमा मष्टा गाउँपालिकाले १०० पूर्णाङ्कमा ८८ अङ्क प्राप्त गरि जिल्लाका १२ स्थानीय तह मध्ये प्रथम भएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बहादुर बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल, साइपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहरा छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने ,तलकोट गाउँपालिकाका अध्यक्ष कलक रोकाया जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिह ,प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।