
अत्तरिया: अत्तरिया- धनगढी सडक खण्डको गोदावरी नगरपालिकाको क्षेत्रमा बृक्षारोप गर्ने काम पुनः अगाडी बढेको छ ।

गोदावरी नगरपालिका क्षेत्रभित्रको सडक खण्डमा केही बोट बिरुवा गत बर्ष ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले बृक्षारोपण गरेको थियो भने लगाएको केही बोट बिरुवा मरेको खाली रहेको र बाकी रहेको ठाउँमा गोदावरी नगरपालिकाले तार जाली सहित बृक्षारोपण थालेको छ ।

सडकको सौद्रयीकरणका साथ–साथै वातावरण स्वच्छ, सफा गर्न पनि रुखहरुको भूमिका हुने भएकोले वृक्षारोपण कार्य अगाडि बढाएको जनाएको छ । ६ लेन सडक खण्डको बीचभागमा केहि वृक्षारोपण गरिएको छ । बाँकी रहेको ठाउँमा पनि तारजाली सहित वृक्षारोपण गर्ने नगरको योजना रहेको छ ।

केही दिन अगाढी अत्तरिया चोकबाट सुरु भएको र आज गेटा मेडिकल विश्वविद्यालयको सडक खण्डमा वृक्षारोपण काम अगाढी बढाएको र क्लिन गोदावरी र ग्रीन गोदावरीको अबधारणा अनुरोध गोदावरी क्षेत्रका सवै भागमा बृक्षारोपणको काम अगाढी बढाएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताउनु भयो । बुधबार मात्र सुदूरपश्चिम प्रदेशकै पवित्र तिर्थस्थल गोदावरी धामको समिपमा रहेको हनुमान मन्दिर परिसरमा रहेको लवकुश बाटिकामा २ सय बोट रोपेको समेत बताएका छन ।
अत्तरिया-धनगढी सडक खण्डमा कपुर, गोल्ड मोहर, छविवन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्डमहर, सीता असोक, विरेन्द्र फूल ,कञ्जु गुलाम, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नगर्ने जातका विरुवा रोप्ने कार्य भईरहेको छ । नगरलाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको नगर प्रमुख विरेन्द्र भट्टले बताए ।
‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने, ‘त्यसले गर्दा नगरले बिरुवा रोप्ने कार्यलाई तिब्रता दिएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए ।

‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, नगर प्रमुख भट्टले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एक-अर्का बीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ ।
बृक्षारोपण कार्यमा सहभागी बनेका नेपाली कांग्रेसका गोदावरी नगरसभापति विर बहादुर चोखालले भने सडक मिडियम भाग, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको बताएका छन् । तेसै गरी कांग्रेसका युवा नेता का हरी भट्टराईले वातावरणमैत्री सडक बनाउने अभियान प्रसंसनीय रहेको बताए । उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको सुझाए ।
नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने नीति नगरले लिएको छ ।

सुन्दर र हरियाली अत्तरिया बनाउने वाचा सहित क्रमिक रुपमा ६ लेन सडक खण्ड, फुटपाथ र अत्तरिया क्षेत्र वरीपरी बृक्षारोपण गर्ने कार्य यसपाली पनि गोदावरी नगरपालिकाले सुरु गरेको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । ब्यापारी साथीहरुले पनि आ- आफ्नो वरीपरी सफासुग्गर , लगाएको बोट विरुवालाई सँरक्षण सँगै पानी हाली बिरुवा तथा पाल्टिक मुक्त बनाउन सहयोग गरि दिन नगर प्रमुख भट्टले अनुरोध समेत गरेका छन ।




































