


यस्ता छन गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका क्रियाकलाप
१) सुत्केरी महिलाहरुको स्वास्थ्यकर्मीबाट घरमै भेट गरी स्वास्थ्य चेक जाँच ।
२) गोदावरी ११ र १२ को कोल्मुडा र राममन्दिरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना ।
३) गोदावरी-४ हाटखोली, बेलामा बर्थिङ सेंटर, सुरक्षित गर्भपतन केन्द्रको संचालन ।
४) गर्भवती, सुत्केरी, जेष्ठनागरिक अपांगता भएको व्यक्ती लाई Free Ambulance सेवा संचालनमा ।
५) उपमेयर पोषण कोशेली कार्यक्रम अन्तर्गत प्रति ब्यक्ती १५०० बराबर पोषण साम्रगी वितरण ।
६) अवकाश भएका २ जना महिला स्वास्थ्य स्वयम सेविका लाई ५०,००० को दरले प्रोत्साहन रकम तथा सम्मान गरिएको ।
७) उत्कृष्ट महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थकर्मीहरु लाई सम्मान गरिएको ।
८) औलो प्रभावित क्षेत्रमा ज्वरो आएको बिरानीहरुको समुदायमै गएर औलो परिक्षण तथा उपचार ।
९) ५वर्ष मुनिका संपूर्ण बालबालिकाहरुको समुदायमा गएर कुपोषण Screening कार्यकम संचालन गरी कडा कुपोषण पत्ता लागेका बालबालिकाको उपचार ।
१०) पहुँच नपुगेको ठाउँमा प्रत्येक महिना ग्रामीण Ultrasound (Video -X-RAY) शिवीर संचालन गरेको ।
११. चापसल्ली, हाटखोनी, फुलबस्ती, बुढीतोला तथा मालाखेती अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सक बाट स्वास्थ्य शिवीर संचालन ।
१२) वडा न ५ मा सिकल सेल एनिमिया Screening शिवीर संचालन ।
१३) १६ वटै स्वास्थ संस्थामा सामाजिक परिक्षण गराईएको ।
१४) मेयर संग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत स्वास्थ्य कर्मीबाट घरदैलो गरी जेष्ठ नागरिकको स्वास्थ्य चेक जाँच तथा नसर्ने रोगको निशुल्क औषधि वितरण ।
१५) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा शुःल्क तिर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तीहरुलाई ३५०० बराबर प्रतिव्यक्ती उपलब्ध गराएको ।
१६ स्वास्थ्य आमा समूहमा स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यकम संचालन गरिएको ।
१७) डेंगू रोग रोकथाम नियन्त्रणको लागी डेंगूको लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको ।
१८) सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बालबालिकाको स्वास्थ्य चेक जाँच र स्वास्थ्य शिक्षा संचालन गरिएको ।
१९) प्रत्येक सुत्केरी लाई न्यानो झोला, ४ पटक गर्भ जाँच गरे बाफद ८०० र संस्थागत सुत्केरी बाफत १००० गरी १८०० उपलब्ध गराईएको ।
२०) गोदावरी नगरपालिकाको दुर्गम भेगको स्वास्थ्य संस्थामा परिवार नियोजनको लामो अवधिको साधन (implant): सेवा विस्तार गरिएको ।
२१) समय समयमा बन्ध्याकरण शिवीरको आयोजना गरिएको ।
२२) Covid बिरुद्धको खोप १६ ओटै स्वास्थ्य संस्थाबाट लगाईएको ।
२३) पूर्ण खोप बडा तथा पूर्ण खोप पालिका सुनिश्चित गरिएको ।
२४) समुदाय मा स्वास्थ्य सेवा प्रतिको गुनासो व्यवस्थापन गर्न सामुदायिक परिषद गठन, सामुदायिक सहजकर्ता मार्फत आएको गुनासो लाई स्वास्थ्य व्यवस्थापन समिती मार्फत समाधान गरि गुणस्तरीय स्वास्थ्य सेवा उपभोगमा वृद्धि भएको ।
२५) क्षयरोग प्रभाबित क्षेत्रमा क्षयरोग screening शिवीर संचालन गरिएको ।
२६) मालाखेती अस्पतालमा चिकित्सक सहितको २४ घण्टा आकस्मिक सेवा संचालन गरिएको ।
२७) मालाखेती अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निःशुल्क औषधिहरुको व्यवस्थापन गरिएको ।
२८) आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तोकिएको औषधी, उपकरण वर्षभरि नियमित आपूर्ति गरि वितरण गरिएको ।
२९) बिरामी रेफर सेवा लाई थप प्रभावकारी बनाईएको ।
३०) जनताको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउन खोप केन्द्र मार्फत खोप तथा अन्य सेवा गाउँघर क्लिनिक मार्फत सार्वजनिक बिदामा समेत संचालन गरिएको ।
३१) १८ वटै स्वास्थ्य संस्थामा Internate, विद्युतको पहुँच पुर्याई, स्वास्थ्य सेवाको सूचकको प्रगती तथा भण्डार व्यवस्थापन Online software मार्फत व्यवस्थापन गरिएको ।
३२) दादुरा महामारी रोकथाम नियन्त्रणको लागि दादुरा रुबेला खोप अभियान संचालन गरिएको ।
३३) मलेरिया, डेङ्गु रोकयान तथा नियन्त्रणको लागी प्रभावित क्षेत्रमा विषादी छर्किने काम गरिएको ।
३४) महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन VIA शिवीर संचालन गरिएको ।
३५) दुर्गम क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर संचालन गरी महिलाहरुको प्रजननमा हुने विभिन्न समस्या, पाठेघर खसेको उपचार, यौनरोगको उपचार क्यान्सर रोगको पहिचान, गर्भवती महिलामा भएको जटिलताको समस्या पहिचान उपचार तथा रेफर गरिएको ।

३६) प्रत्येक वडामा आँखा शिवीर संचालन गरिएको ।
३७) स्वास्थ्य कर्मीहरुको दक्षता अभिवृद्धी गर्न विभिन किसिमको तालिम दिईएको ।
३८) कडा रोग लागेका विपन्न नागरिकहरूलाई आर्थिक सहयोग तथा निःशुल्क उपचारको लागी माथिल्लो निकायमा सिफारिस सहित पठाईएको ।
३९) नसर्ने रोग, B.P, Sugar, cholestrol, कोऔषधि वर्षभरी निःशुल्क उपलब्ध गराईएको ।
४०) पालिका भित्र रहेका १०५ महिला स्वास्थ्य स्वयम सेबिकालाई प्रत्येक महिना१००० को दरले यातायात खर्च उपलब्ध गराईएको ।
४१) नागरिक आरोग्य केन्द्र बाट निःशुल्क रुपमा आर्युवेद औषधी उपलब्ध गराईएको ।
४२) संघिय सरकारले तोकेबमोजिमको विभिन्न अभियान संचालन गरिएको ।
४३) विपद् व्यवस्थापन को लागी Health Contengeny plan , RRT समिति तथा RRT team गठन गरिएको ।
सम्बन्धित समाचारः-
गोदावरी नगरपालिका वडा न. ११ र १२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
गोदावरीको हाटखोली बर्थिङ सेन्टर सञ्चालनमा, मेयर भट्टले गरे उदघाटन
गोदावरी १२ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०२ जनाले लिए सेवा
गोदावरी नगरपालिका १२ द्वारा जेष्ठ नागरिकका लागि स्वाथ्य शिविर सञ्चालनमा
गोदावरी नगरपालिकामा दादुरा- रुबेलाविरुद्दको खोप लगाइँदै गर्दा अभिमुखिकण कार्यक्रम सञ्चालन
कैलालीमा सिकलसेल रगत परिक्षण शिविर सम्पन्न
कैलालीको मालाखेती अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालनमा
गोदावरी ४ को बुढीतोलामा नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ११३ जनाले लिए सेवा
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी नगर स्तरिय समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम
गोदावरी १२ मा नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १३५ जनाले लिए सेवा
गोदावरीमा स्वास्थ्यजन्य फोहोरमैला वयवस्थापनका लागि अन्तरक्रिया तथा छलफल
गोदावरीमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुन सरोकारवालासंग छलफल
गोदावरी १२ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०२ जनाले लिए सेवा
गोदावरी नगरपालिकाद्वारा हाटखोलीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन
आजदेखी गोदावरीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदै
गोदावरी नगरपालिकामा ‘मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन’ अन्तरगत स्वास्थ्यकर्मी सँग अभिमुखीकरण
स्वास्थ्य क्षेत्रमा गोदावरी नगरपालिकाले फड्को मार्दै, मेयरको २ वर्षे कार्यकालमा के के उपलब्धी भए ?
गोदावरी नगरपालिकाले डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण
कैलालीको गोदावरी नगरपालिका भित्रका ३ वडामा पोषण कार्यक्रम शुभारम्भ































