डोटीको जोरायलमा प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिकाका प्रमूख बजार क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको छ ।

CP Hospital Dhangadhi

डोटीका प्रमूख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा उक्त पालिकाका वडा नं. १, २, ३ र ४ मा बजार अनुगमन गरिएको जोरायल गाउँपालिका डोटीका उपाध्यक्ष तथा पालिका स्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक जमुना बोहराले जानकारी दिइन् ।

सोमबार र मंगलबार दुइ दिन लगाएर गरिएको अनुगमनका क्रममा करिब डेढ सय ओटा पसलहरुको अनुगमन गरिएको उनले बताईन् ।
पहिलो दिन भदौ १७ गते सोमबार वडा नं. ३ को सेला, चन्कट्टे, रावतकट्टे र वडा नं. ४ को सिलङ्गीबाग, हाट, जिरो प्वाइन्ट लगाएत क्षेत्रमा र दोश्रो दिन १८ गते मंगलबार वडा नं. २ को रिठा, छहरा झरना खोला, छतिवन, बुडर, मिल चौराहा, नयाँ बजार र वडा नं. १ को गोल्डेन, खडिना, घुम्ती, गोगनपानी, गैरा लगाएत स्थानहरुमा बजार अनुगमन गरिएको हो ।

nawajiwan

अनुगमन टोलीले होटल, किराना पसल, डेरी, तरकारी पसल, मदिरा पसल लगाएत सबै प्रकृतिका पसलहरुमा गरिएको अनुगमनबाट म्याद नाघेका र प्रतिबन्धित सामाग्री गरी ३१ हजार २१५ रुपैंया बराबरका सामाग्रीहरु उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३५ (१) बमोजिम जफत गरी नष्ट गरेको जनाएको छ ।

Attariya Hospital

जिल्ला सदरमुकामबाट टाढा भएकाले अपेक्षा अनुसार अनुगमनमा जान नसकेको, जनस्तरबाट पनि अनुगमनको माग भैरहेको र जोरायल गाउँपालिकाले पनि अनुगमनका लागि अनुरोध गरेको हुँदा स्वयं आफै सहभागि भएर बजार अनुगमन गरेको डोटीका प्रमूख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले नजर अनलाइनलाई बताए ।

जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय र जोरायल गाउँपालिकाको संयुक्त बजार अनुगमनका क्रममा मूल्य सूचिको प्रयोग नै नभएको, कतिपय पसलहरु स्थानीय तहमा दर्ता नै नभएको, कतिपय पसलहरुले दर्ता नविकरण नगरेको, कतिपय पसलहरुमा म्याद नाघेका सामाग्री बिक्री वितरण भैरहेको, मदिरा पसल र अरु सामाग्री एउटै पसलबाट बिक्री भैरहेको, प्रतिबन्धित सामाग्री सुपर पावरको बिक्री भैरहेको, कतिपय होटलहरुमा सरसफाईको कमि रहेको पाईएको प्रजिअ अर्यालले बताए । बजारमा पहिलो पटक संयुक्त अनुगमन भएकाले हाललाई सचेत गराइएको र दोश्रो पटकको अनुगमनमा सुझाव सल्लाह कार्यान्वयन नभए कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

चाडबाडका बेला मात्रै अनुगमन किन गरिन्छ भन्ने प्रश्नमा चाडबाडका बेला दैनिक उपभोग्य सामाग्रीको माग धेरै हुने र उपभोक्ता ठगिनसक्ने, गुणस्तरहीन सामाग्री विक्री वितरण हुनसक्ने, त्यसको उपभोग गर्दा मास लेवलमा (धेरैको संख्यामा) मानिस बिरामी पर्नसक्ने लगाएत कारणले पनि बजार अनुगमन जरुरी रहेको प्रजिअ अर्यालले बताए ।जनशक्तिको कमी र भौगोलिक कारणले जिल्लाभित्रका सबै पालिकाहरुमा नियमित अनुगमन हुन नसके पनि बेलाबेलामा अनुगमनलाई निरन्तरता दिइने उनले बताए ।