प्रदेश सभा बैठक अनिश्चित हुदा कर्मचारी मारमा

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । बैठकमा बजेट माथी छलफल गर्ने कार्यसुची रहेकाे थियाे । चालू आर्थिक बर्षको बजेट पारित नहुदा कर्मचारी मारमा परेका छन् ।

CP Hospital Dhangadhi

एक जना कर्मचारीले भने -चिल्ला गाडीमा झण्डा राखेर कुद्नेहरुलाई के फरक पर्छ,ंं आखिर पछि भुक्तानी हुने गरि गाडीमा तेल हाल्न पाएकै छन, अफिसियल स्लिपमा रासन समेत पाइरहेका छन तर तलबबाटै जेनतेन घरको छाक टार्ने कर्मचारीलाई ३ महिना देखी तलब नपाउदा धेरै समस्या भएको छ । ढिलै भएपनि प्रदेश सभामा बजेट पेश भएपछि अब तलब पाईने आशा वाेकेका अर्का कर्मचारीले भने – अझै बजेट पास नभएर प्रदेश सभा बैठक राेक्यकाे राेक्यै छ, हामी तल्लाे स्तरका कर्मचारीलाई बजेट पास नहुदा निकै समस्या भयाे । उनले थपे – नेता र कर्मचारीमा आकास पतालको फरक छ, हरेक कुरा उनिहरुले नै पारीत गर्नुपर्ने हुन्छ , आफु दैनिक ज्यालादारीमा काम गर्ने हुदा झनै समस्या छ ।

Attariya Hospital

कार्यालय सहायोगी जसलाई पटक पटक छोराछोरीको फिस तिर्ने पैसाको लागि स्कुलले ताकेता गरेको छ , जस्लाइ पसलेले उधारो तिर्न नसक्ने भए मेरो पसल बाट सामान नलग्नु भनेर लज्जित पारेको छ, उनले भने – जसलाई ३ महिना सम्म तलब न आउदा बिजुलीको र पानीको महसुल न तिरेकोले लाइन काटिएको छ । योजना हालिदिने भनेर लिएको कमिसन योजना नपरेको झोकमा बजेट पारित गर्न असहयोग गरे होलान तर कमजोर आर्थिक अबस्थामा रहेकाको पीडा बुझ्ने कसले भनेर प्रश्न गरे । शुक्रबारकाे बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जानकारी दीएको छ ।

nawajiwan