सिगास युवा संजाल द्वारा आयोजित बालबालिका बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बैतडी:जिल्लाको सिगासमा सिगास युवा संजाल गाँजरीको आयोजनामा जनप्रतिनिधि,शिक्षक,युवा समाजसेवी र सुरक्षाकर्मी संगको बालबालिका बिशेष अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरिएको छ।बालबालिकाका समस्या,गुनासा र आवश्यक्ता पहिचान गरि समाधानका लागि पहल गर्न कार्यक्रमको आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

अर्जुन माविमा संचालित अन्तरक्रिया कार्यक्रममा सिगास गाउँपालिकाकि उपाध्यक्ष धना धामी,अर्जुन माविका प्रअ रनबिर सिंह धामी,युवा समाजसेवी सूर्य बहादुर बोहरा,गाँजरी प्रहरी चौकीका इन्चार्ज दिर्घ बहादुर ऐर र सिगास गाउँपालिका वडा नं. ०१ र ०२ का बालबालिकाहरुको उपस्थिति रहेको थियो।

nawajiwan

कार्यक्रममा बालबालिकाका बिषयमा गहन छलफल तथा प्रश्नोउत्तर मार्फत बालबालिका समस्या,गुनासा र आवश्यक्ताका बारेमा बिशेष छलफल तथा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम सिगास युवा संजालको आयोजना र अर्जुन माविको समन्वयमा संचालन गरिएको थियो।