
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न १ को ६ लेन सडक खण्ड समिपमै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाले हाटबजार सञ्चालन ल्याउने भएको छ ।

यस हाटबजारका लागि कुल ५९ लाख ४ हजार ७७७ रुपैयाँ बजेट छुट्याइएको थियो , जसमा १९ लाख GiZ संस्थाको योगदान रहेको थियो भने बाकी रकम गोदावरी नगरपालिकाको लगानीमा निर्माण भएको हो । ठेक्का सम्झौतामार्फत धनगढीको सिद्धि निर्माण सेवाले ३४ लाख ७ हजार २७५ रुपैयाँमा निर्माण सम्पन्न गरेको छ।


गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, हाटबजार स्थानीय उत्पादनको बजारीकरणको मुख्य माध्यम बन्ने बताएका छन । नगरपालिकाले स्थानीय कृषक, व्यापारी, तथा उत्पादकलाई सहयोग गर्दै बिक्रीवितरण सहज बनाउने उद्देश्य साथ अगाढी बढेको बताएका छन ।
नगर प्रवक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टका अनुसार, अत्तरियामा रहेको हाटबजारले केन्द्रदेखि जिल्लास्तरका उत्पादनलाई बजार पुर्याउने काम गरिरहेको छ भने नयाँ हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताएका छन । स्थानिय हाटबजार सञ्चालनका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताएका छन । हाटबजारले स्थानीय कृषि तथा अन्य उत्पादनको प्रवर्द्धन गर्दै किसान र व्यापारीलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास लिएको नगर प्रबक्ता भट्टले बताएका छन ।


































