धनगढी : जनता राष्ट्रिय मावि धनगढी -१३ कैलाली गाउँमा निर्माण गरिएको सरस्वती मन्दिरको उदघाटन गरिएको छ। श्रीपञ्चमीको अवसर पारेर विद्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले माता सरस्वतीको नवनिर्मित भवनको उदघाटनका साथै मूर्ति अनावरण गरेका छन् ।
सो अवसरमा बोल्दै उपकुलपति जोशीले धर्म संस्कृतिको रक्षा बिना समाज समृद्ध र अनुशासित हुन नसक्ने बताए। उनले विद्यार्थीलाई नैतिक र सुसंस्कृत शिक्षा दिन सके मात्र असल जनशक्ति निर्माण हुन सक्ने बताए। जेष्ठ नागरिक समाज कैलाली गाउँले बिभिन्न दान दाताको सहयोगमा उक्त मन्दिरको निर्माण गरेको अध्यक्ष नवराज ओझाले बताए। समारोहमा बिद्यालयका प्रअ पूर्णानन्द नौन्याललाई जेष्ठ नागरिक समाजले मन्दिरको चाबी हष्तान्तरण गरेको थियो। सरस्वती माताको मन्दिर उदघाटन समारोहमा जेष्ठ नागरिक समाजका अध्यक्ष समाजसेवी नवराज ओझा,पूर्व सांसद यज्ञराज पाठक, विद्यालयका अध्यक्ष हरिश खड्का, वडाध्यक्ष बिजयराज जोशी, समाजसेवी छत्रराज जोशी, विद्यालयका प्रअ पूर्णानन्द नौन्याल, सहायक प्रअ गणेश जोशी, अभिभावकहरू, शिक्षकहरू र विद्यार्थीहरूको सहभागिता थियो।