गुणस्तरिय शिक्षाका लागि गोदावरी नगरपालिकाले स्मार्ट शिक्षा लागू गर्दै

Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले स्मार्ट शिक्षा लागू गर्ने भएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो कर्तव्यप्रति अटुट प्रतिबद्धता देखाउँदै नगर विकासका लागि धेरै महत्वपूर्ण कामहरू सम्पन्न गरेका छन्। उहाँको नेतृत्वमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ।

विशेष गरी गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि शिक्षक समायोजन, नगर शिक्षक लागू, शिक्षक नभएको विद्यालयमा नगर शिक्षक व्यवस्थापन, साथै स्मार्ट शिक्षा जस्ता योजनाहरू अघि बढाउनु, बजेट विनियोजनमार्फत जनताको आवश्यकताहरू पूरा गर्नु, र स्वास्थ्य सेवामा सुधार ल्याउनुमा उहाँको योगदान अमूल्य रहेको छ। यी सबै प्रयासहरूले नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेका छन्, जसले समृद्धि, शिक्षाको विकास, र समग्र प्रगतिको मार्ग खोलिदिएको छ।

nawajiwan

नगर प्रमुख भट्टले जनताको हितलाई सदैव प्राथमिकता दिँदै, योजनाबद्ध र दिगो विकासको मार्गमा नगरपालिकालाई अगाडि बढाउन निरन्तर प्रयासरत रहनुभएको छ। उहाँका यी सफल प्रयासहरूले गोदावरी नगरपालिकाको समृद्धि र विकासमा नयाँ अध्याय थपेको छ।

गोदावरी नगरपालिकाले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि स्मार्ट शिक्षा लागू गर्ने योजना अघि बढाएको छ। यस पहलअन्तर्गत पहिलो चरणमा पालिकाभित्र रहेका १३ वटा विद्यालयलाई प्रविधि र भौतिक सहयोग उपलब्ध गराई, ती विद्यालयहरूलाई डिजिटल युग अनुरूप आधुनिक बनाउन पहल गरिएको छ।

Attariya Hospital

शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीका अनुसार, स्मार्ट शिक्षा मार्फत विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइका अवसरहरू उपलब्ध गराउने र शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको छ। यस योजनाले ग्रामीण र पछाडि परेका समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासम्मको पहुँच पुर्‍याउने अपेक्षा पनि गरिएको छ।

यो स्मार्ट शिक्षा पहलले विद्यालयहरूमा डिजिटल उपकरणहरूको प्रयोगद्वारा अध्ययन-अध्यापनलाई सहज र प्रभावकारी बनाउने साथै भविष्यका प्राविधिक चुनौतीहरूको सामना गर्न सक्षम बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पालिकाबाट सहयोग पाउने बिद्यालयहरुमा

दुर्गा माबि कोल्मुडा
गुहेश्वरी मावि
गणेश आधारभूत बिद्यालय दमौरा
नवदुर्गा आधारभूत बिद्यालय बरबट्टा
समैजी माबि मजगाउँ
सरस्वती माबि सेहरी
शैलेश्वरी मब बडेहा
दुर्गाभवानी माबि हरैया
कृष्ण आधारभूत बिद्यालय तेघरी
नवज्यती माबि बोझिया
श्रीराम आधारभूत बिद्यालय ओलानी
सुप समाबेशी बिद्यालय अत्तरिया