सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरिया चोकको सौन्दर्यकरण हुदै, नगरपालिकाको निरन्तर प्रयास

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिम प्रदेशको प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया चोकले नयाँ स्वरूप पाएको छ। दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोकलाई थप आकर्षक बनाउन गोदावरी नगरपालिकाले विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले पछिल्ला दुई वर्षदेखि चोकलाई व्यवस्थित र रमणीय बनाउन थुप्रै सुधारहरू गरिसकेको छ। अनियन्त्रित रूपमा टाँसिएका विज्ञापन बोर्ड तथा पम्प्लेट हटाउने, नियमित सरसफाई गर्ने, विभिन्न प्रजातिका पुष्पवृक्ष रोप्ने, वाटर फाउन्टेन निर्माण गर्ने र हाईमास्ट लाइट जडान गर्ने काम सम्पन्न भएको छ।

nawajiwan

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका अनुसार अत्तरिया चोक सुदूरपश्चिमको महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट भएकाले यसको सौन्दर्यकरणलाई प्राथमिकता दिइएको छ। उनले नगर क्षेत्रका ६ लेन सडकमा तार जाली लगाउने कार्य पनि अघि बढिरहेको जानकारी दिए।

Attariya Hospital

यसैगरी, नगर उपप्रमुख शारदा देवी रोकायाले अत्तरिया चोकको सौन्दर्यकरणका लागि नगरपालिकाले रंगीचंगी सजावट गरेको बताइन्। साथै, नगरपालिका अब चोकमा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, धार्मिक र पर्यटकीय महत्व झल्काउने तस्बिरहरू राख्ने योजनामा रहेको छ।

निरन्तर सुधारका यस्ता प्रयासहरू अत्तरिया चोकलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने दिशामा महत्वपूर्ण हुने स्थानीयहरू बताउँछन्।

oplus_131072