छिमेक लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कमिरेचौरको इकाई भेला कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बैतडी:छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कमिरेचौरको चौथौ ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई भेला) कार्यक्रम सम्पन्न गरिएको छ।प्रत्येक वर्ष आयोजना गरिने इकाई भेला कार्यक्रम चौथो पटक पुनः सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको इकाई भेला कार्यक्रममा यस संस्थाका केन्द्रीय कार्यालयका तालिम विभाग सहायक प्रेम नायजु,लुम्बिनी प्रादेशीक कार्यालयका प्रदेश प्रबन्धक रामनाथ महतो,अनुगमन प्रमुख सन्जय राज बिष्ट, राजेन्द्र पन्थ ,सूचना प्रविधि सहायक रुपेश राज पन्थ लगायत शाखाका कर्मचारी स्थानीय सरोकारवाला र सदस्यहरुको उपस्थिति रहेको थियो।

nawajiwan


कार्यक्रममा सदस्यहरु लाई केन्द्रीय कार्याल र प्रदेश कार्यालय बाट आउनुभएका सरहरुले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधाहरु र छिमेकको नितिनियमको बारेमा भिडियो तथा वृत्तचित्रको माध्यममा जानकारी गराइएको शाखा प्रबन्धक अक्कल कठातले बताउनुभयो।

Attariya Hospital

कार्यक्रममा उत्कृष्ट १० वटा इकाई लाई बधाई सहित नगत पुरस्कार र प्रमाणपत्र वितरण गरिनुका साथै गरिब विपन्न सदस्य छोरीहरु लाई छात्रवृत्ति र तिन जना सफल व्यवसायी लाई नगत पुरस्कार सहित प्रमाणपत्र पनि प्रदान गरिएको छ।