कैलालीको शेहरीमा प्रथम होरी मिलन कार्यक्रम सम्पन्न

Image
oplus_131074
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका-९ मा प्रथम होरी मिलन कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। “संस्कृति बचाऔं, कुरीति हटाऔं” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

nawajiwan

कार्यक्रमको आर्थिक सहयोग गोदावरी नगरपालिका ९ नं. वडाबाट गरिएको थियो भने आयोजना B+ मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. ध.उ.म.न.पा.-७, कैलालीले गरेको थियो।

उक्त अवसरमा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, गोदावरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामलाल राना तथा धनगढी उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष माघब राना विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

संस्कृतिको संरक्षणमा होली पर्वको योगदान

कार्यक्रमका आयोजक समिति अध्यक्ष कालुराम रानाले सुदूरपश्चिमको कैलाली-कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने राना थारु समुदायले आफ्ना मौलिक संस्कारलाई जीवित राख्न पहिलो पटक होरी मिलन कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो।

Attariya Hospital

कार्यक्रम सञ्चालन सरस्वती रानाले गर्नुभएको थियो भने स्वागत मन्तव्य होरी मिलन कार्यक्रमका सचिव डम्मर रानाले व्यक्त गर्नुभएको थियो।

 कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाज भएको हुँदा हरेक समुदायले आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले चौधरी समुदायमा माघी पर्वको विशेष रौनक रहने भएजस्तै राना थारु समुदायका लागि होली पर्व महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उहाँले गोदावरी नगरपालिका संस्कृतिको प्रवर्द्धन तथा जगेर्नाका लागि निरन्तर साथ र सहयोग गर्न तत्पर रहेको बताउँदै स्थानीय समुदायलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

यस कार्यक्रमले राना थारु समुदायको पहिचान झल्काउने मात्र नभई स्थानीय संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूले बताएका छन्।