गोदावरी नगरपालिकामा एडिबीको क्षेत्रीय शहरी विकास परियोजना छिट्टै टेन्डर प्रक्रियामा जादै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका लगायत भिमदत्त नगरपालिका र शुक्लाफाटा नगरपालिकामा लागू हुँदै आएको एशियाली विकास बैंक (ADB) को क्षेत्रीय शहरी विकास परियोजना (RUDP) अन्तर्गतका बाँकी कार्यहरू छिट्टै टेन्डर प्रक्रियामा प्रवेश गर्ने भएका छन्।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले जानकारी दिँदै भने, “परियोजनाको बाँकी कार्यहरू टेन्डर प्रक्रियामा लैजाने अन्तिम तयारी भइरहेको छ, र छिट्टै काम सम्पन्नतर्फ अघि बढ्नेछ।”

nawajiwan

यसैबीच, नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा समन्वय महाशाखाले एशियाली विकास बैंकलाई पत्र पठाउँदै परियोजनाको म्याद २०२६ डिसेम्बर ३१ सम्मका लागि विस्तार गर्न अनुरोध गरेको छ। पत्रमा परियोजनाको प्रभाव अझै प्रभावकारी बनाउन तथा केही बाँकी रहेका प्याकेजहरू समेट्न उक्त म्याद थपको प्रस्ताव गरिएको उल्लेख छ।

मन्त्रालयले बैंकलाई पठाएको पत्रमा भनिएको छ, “परियोजनाको प्रभाव विस्तार गर्न र बाँकी प्याकेजहरू समावेश गर्न यस परियोजनाको कार्यान्वयन अवधि २०२६ डिसेम्बरसम्म विस्तार गर्न अनुरोध गर्दछौं। ऋण बन्द हुने म्याद भने २०२७ जुन ३० कायम गरिएको छ।”

यस परियोजनाले गोदावरी नगरपालिकामा शहरी पूर्वाधार, सडक, ढल निकास, र अन्य सुविधा निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ।

नगरपालिकाले अभिभावक परियोजना निकायसँग समन्वय गर्दै आगामी दिनमा कार्यान्वयनलाई प्रभावकारी बनाउन तयारी गरेको बताइएको छ।

परियोजनाले शहरी क्षेत्रहरूको पूर्वाधार सुधार, फोहोर व्यवस्थापन, र वातावरणीय स्थायित्वमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस अवधिमा थप नगरपालिकाहरूलाई लक्षित गरेर परियोजनाको प्रभाव विस्तार गर्ने योजना छ।

ADB टोलीले परियोजनाको प्रगतिमा चासो देखाउँदै, हालै गोदावरी नगरपालिकामा सम्पन्न फोहोर व्यवस्थापन निर्माण परियोजनाको स्थलगत निरीक्षण गरेको थियो। यो निरीक्षणले परियोजनाको सफलताको पुष्टि गर्दै आगामी कार्यका लागि मार्गनिर्देशन प्रदान गरेको छ।

Attariya Hospital

सम्बन्धित नगरपालिकाहरूले फोहर व्यवस्थापन, सडकमार्गको सुधार, र शहरी सेवाहरूलाई सुदृढ पार्ने उद्देश्यले परियोजना सञ्चालन गरिरहेका छन्।

क्षेत्रीय शहरी विकास पूर्वाधार परियोजनाको थप प्याकेज र समय विस्तारका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, भिमदत्त नगरपालिकाका नगर प्रमुख, शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख, अमरगढी नगरपालिका डडेल्धुरा, लगायतका पालिका प्रमुखहरूले काठमाडौंमा डेलिगेसन गरेका थिए। उक्त डेलिगेसनपछि, यी नगरपालिकामा परियोजना विस्तार गर्न नेपाल सरकारले एशियाली विकास बैंक (ADB) लाई पत्र पठाएको थियो ।

क्षेत्रीय शहरी विकास परियोजनाको समय विस्तार र थप प्याकेजहरुका लागि गोदावरी नगरपालिकाका के के काम हुदै छन त ?

१)आगामी दिनमा अत्तरिया रिङरोड लगायत थप ७ वडा सडकखण्डहरु

२) ६ लेन सडक देखी आँखा अस्पताल जानेबाटो,

३) शन्तिटोल तेघरी सडक खण्ड,

४) ग्वासी खमरा सडक खण्ड,

५) मालाखेती नहर बाट पश्चिम ओलानी जाने बाटो,

६) लालपुर गौडी देखि पूर्वा तिरको सडक खण्ड,