बझाङमा स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु फर्छ्यौट र सुशासन प्रवर्धनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बझाङः बझाङमा स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु फर्छ्यौट र सुशासन प्रवर्धनका सम्बन्धनमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको आयोजनामा बझाङमा आज जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्ण बिष्टले आफूहरूले जिम्मेवारी लिने बेलामा जुन किसिमका साथमा जिम्मेवारीमा आएकोमा कहिन–कहिन आफूहरूबाट कमी कमजोरी भएको बताउनुभयो ।

nawajiwan

त्यो कमी कमजोरीलाई सचाएर अगाडि बढ्नुपर्छ भने उद्देश्यका साथ राम्रो कार्यक्रमको सुरुवात गरेकोमा आयोजक प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा आफ्नो तह तप्कामा बसेका सबैले आफ्नो जिम्मेवारी र कानुनको पूर्ण पालन गर्न सक्यो भने भोलिका दिनमा पुर्खाहरूले सम्झन सक्ने उहाँको भनाइ छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ केन्द्रीय कोषाध्यक्ष उमेश प्रसाद भट्टले स्थानीय तहमा वित्तीय अनुशासन नहुँदा बेरुजु लगायत भ्रष्टाचार व्यापक बढी रहेको बताउनुभयो । स्थानीय तहमा जाने कर्मचारीहरूलाई डराउने किसिमको प्रस्तुति बनेकाले यसलाई सहजीकरण गर्नका लागि यस्ता अन्तरक्रिया कार्यक्रमले गर्दा उनीहरूको मनोबल उच्च रहने बताउनुभयो । पालिकाहरूमा प्रमुख प्रशासकीय हुनुपर्ने ठाउँमा प्राविधिक कर्मचारीलाई निमित्तको भरमा काम गरिरहेको बताउनुभयो ।

Attariya Hospital

महालेखा परीक्षकको कार्यालयका निर्देशक टीकानाथ अर्यालले पछिल्लो समय बेरुजु घट्रनुको साटो बढ्रदै गएकाले स्थानीय सरकारको कार्यसम्पादन लगायत कार्यशैलीप्रति प्रश्न खडा भइरहेको उहाँले बताउनुभयो ।

जनताहरूले स्थानीय सरकार प्रति लगाएको आरोपलाई चिन्नका लागि भए पनि बाँकी अवधिमा बेरुजु फर्छ्यौटलाई कम लगायत न्यूनीकरण गर्न तर्फ सबै जना लाग्नुपर्ने उहाँको भनाइ छ । कार्यशैली, निष्पक्षता, प्रदर्शितता, जबाफदेहीता र वित्तीय अनुशासन कायम गर्न सन्दर्भमा आफूहरू जिम्मेवार हुनुपर्ने जरुरी रहेको उहाँको भनाइ छ ।

दुई नगरपालिका र दश गाउँपालिका रहेको बझाङमा आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार साइपाल गाउँपालिकामा सबै भन्दा कम ०.४५ प्रतिशत र सुर्मा गाउँपालिकामा सबैभन्दा बढी ५.०९ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै जयपृथ्बी नगरपालिकामा ०.८४ प्रतिशत ,बुङगल नगरपालिकामा २.६९ प्रतिशत ,केदारस्यु गाउँपालिकामा १.८० प्रतिशत, खप्तडछान्ना गाउँपालिकामा १.५९ प्रतिशत, छबिसपाथीभेरा गाउँपालिका १.९९ प्रतिशत, तल्कोट गाउँपालिका १.१८, थलारा गाउँपालिका २.३३, दुर्गाथली गाउँपालिका १.३५, मष्टा गाउँपालिका १.२७ र बित्थडचिर गाउँपालिकामा २.४० प्रतिशत बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयले बुधवार ६२ औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ केन्द्रीय कोषाध्यक्ष उमेश प्रसाद भट्ट, महालेखा परीक्षकको कार्यालयका निर्देशक टीकानाथ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका कार्यालय उपसचिव लक्ष्मी प्रसाद जोशीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत ,प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।