मष्टा गाउँपालिकामा २० करोडको बजेट: पूर्वाधार र शिक्षा विकासमा ठूलो फड्को

Image
Nisarga Hospital

बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा ऐतिहासिक फड्को मार्ने गरी २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन भएको छ। गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराको सक्रियता, नेतृत्व र संघीय सरकारसँगको समन्वयमार्फत यस्तो उपलब्धि सम्भव भएको हो।

CP Hospital Dhangadhi

 

राज्यको प्राथमिकतामा कम परेका भेगहरूमा अब भौतिक, शैक्षिक र पूर्वाधार सुधारका थुप्रै योजना कार्यान्वयनमा जाँदैछन्। प्रमुख योजनाहरूमा डुङ्ग्री–लेकी–खेतकोट–भातेखोला सडक स्तरोन्नतिमा ९ करोड ६० लाख, धौलाभरि–घोडीलेक सडक स्तरोन्नतिमा ३ करोड, देवसैन–रिलु–दय सडकमा ३ करोड, सामुदायिक विद्यालय सुधारमा १ करोड ५६ लाख विनियोजन गरिएको छ।

nawajiwan

 

 

Attariya Hospital

त्यस्तै, भातेखोला–ठाना बस्त सुधार, मष्टा मन्दिर पदमार्ग निर्माण, खेलमैदान र प्राविधिक विद्यालय मर्मतजस्ता योजनाहरूमा पनि उल्लेख्य बजेट स्वीकृत भएको छ।

 

 

अध्यक्ष बोहराले यो सफलतालाई सम्पूर्ण टिमको संयुक्त प्रयास भन्दै सबैलाई धन्यवाद दिएका छन्। योजनाहरूबाट स्थानीय युवालाई रोजगारी समेत सिर्जना हुने अपेक्षा गरिएको छ।