कृष्णपुरको वाणीमा भोलि तीज विशेष कार्यक्रम हुदै

Image
Nisarga Hospital

 कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वाणीमा भोलि (भदौ १० गते) बिहान ११ बजे हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हुने कार्यक्रम त्र्यम्बकेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने आयोजक समितिले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा महिलादेखि युवायुवतीसम्मको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। तीज पर्वलाई उल्लासमय बनाउन सांस्कृतिक नृत्य, गीतसंगीतलगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ।

Attariya Hospital

आयोजक समितिका अध्यक्ष गोपाल भारतीले तीज पर्व केवल महिलाको मात्र नभई संस्कृतिको जगेर्ना गर्ने साझा पर्व भएको उल्लेख गर्दै सम्पूर्ण दिदीबहिनी तथा स्थानीयलाई सहभागिताका लागि आग्रह गरे। उनले तीजलाई रमाइलो मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचान प्रबर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

nawajiwan

कार्यक्रममा कृष्णपुर क्षेत्रका समाजसेवी, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहभागिता रहनेछ। कार्यक्रमका लागि सामुदायिक वनको आन्तरिक आम्दानीबाट करिब २० हजार रुपैयाँ खर्च विनियोजन गरिएको र कार्यक्रममा सभाअध्यक्ष सामुदायिक वनकी सदस्य पुष्पा नाथ, प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा रहने आयोजक समितिले जनाएको छ।