नेपाल सरकार पन्जिकरण विभागको वेबसाईट ह्याक: दुर्गा प्रसाईं रिहाईको माग राख्दै २४ घण्टे अल्टिमेटम

Image
Nisarga Hospital

काठमाडौ: नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको प्रणाली ‘नेपाली फर नेपाल’ नामक ह्याकर समूहले ह्याक गरेको दाबी गर्दै सार्वजनिक गरेको छ। ह्याकका कारण देशभरका स्थानीय तहबाट प्रदान गरिने पञ्जिकरणसम्बन्धी सेवाहरु पूर्णरूपमा अवरुद्ध भएका छन्, जसका कारण सेवाग्राहीहरू मारमा परेका छन्।

CP Hospital Dhangadhi

उक्त समूहले हिजो मध्यरात गिरफ्तार गरिएका दुर्गा प्रसाईँको रिहाईको माग राख्दै सिस्टम ह्याक गरिएको दाबी गरेको छ। साथै २४ घण्टाभित्र प्रसाईँलाई रिहा नगरे विभागको वेबसाइटमा संग्रहीत सम्पूर्ण डाटा नष्ट गर्ने धम्की समेत दिएको छ।

यस घटनाले नेपाल सरकारका सरकारी वेबसाइटहरू कति सुरक्षित छन् र नागरिकको निजी डाटाप्रति राज्य कति संवेदनशील र जिम्मेवार छ भन्ने प्रश्न पुनः उठेको छ। पछिल्ला दिनमा सरकारी प्रणालीमाथि एकपछि अर्को साइबर आक्रमण भइरहेका छन्। हिजो मात्र निर्वाचन आयोगको वेबसाइट समेत ह्याक भएको घटनाको विषयले अझै विवाद बढाइरहेको छ।

nawajiwan
Attariya Hospital

प्राविधिक सुरक्षाका दृष्टिले नेपाल सरकार गम्भीर चुनौतीमा रहेको प्रष्ट देखिँदै आएको छ भने साइबर सुरक्षामा तत्काल सुधार आवश्यक भएको विज्ञहरूको भनाइ छ।