नेपाली काँग्रेसका युवा नेता विष्णु ऐडी : गरिब–असहायको जीवनमा आशाको किरण

Image
Nisarga Hospital

छबिसपाथीभेरा गाउँपालिका २ मुम्लाका युवा नेता र समाजसेवी विष्णु ऐडी नेपाली काँग्रेसबाट समाजसेवा क्षेत्रमा निरन्तर सक्रिय रहेका छन्। उनले पछिल्लो समय आगलागी पीडित दिनेश पण्डित र तिरुवा परिवारलाई नगद सहयोग गर्दै मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेका छन्। केही दिनअघि पण्डितको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ठूलो धनजनको क्षति भएको थियो। ऐडीले आफ्ना छोराछोरी र सहयोगीहरूसँग मिलेर पण्डित परिवारलाई १४ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

CP Hospital Dhangadhi

सडकमा हिँड्दा तिरुवा परिवारको कठिन आर्थिक अवस्था देखेपछि उनले उक्त परिवारलाई थप ३६ सय रुपैयाँ सहयोग गरेका छन्। यसरी, देश–विदेशमा रहेका आफन्त, साथीभाइको सहकार्यमा उनले गरिब, असहाय र विपन्न व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास निरन्तर गर्दै आएका छन्।

यसअघि उनले विभिन्न पालिकामा दुई हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। कोभिड महामारीमा जिल्ला अस्पताल र थलारा गाउँपालिका तथा छबिसपाथीभेरामा साढे ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए। भूकम्पपछिको पुनर्निर्माणमा ३१ वटा अस्थायी टहरा निर्माण, दलित र एकल महिलालाई सिलाइ मेशिन र ब्ल्याङकेट वितरण लगायतका कार्यमा पनि सक्रिय देखिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

विष्णु ऐडी भन्छन्, “समाजमा सबैले समान अवसर पाउनुपर्छ। हामीसँग भएका स्रोत र साधनहरूको सदुपयोग गर्दै सकेसम्म धेरैलाई सहयोग गर्नुपर्छ।” उनका यी कार्यहरूले केवल विपन्न वर्गमा मात्र होइन, समाजका सबै तहमा सकारात्मक प्रभाव पारेको छ। युवा नेता ऐडीले सहयोगका यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् र स्थानीय समुदायसँग निकट सम्बन्ध राख्दै जीवनस्तर सुधारमा निरन्तर योगदान पुर्‍याइरहेका छन्।

Dhnagadhi & Krishanapur