कृष्णपुरको अठन्नीफाटामा जैविक तटबन्ध निर्माणको तयारी, अभिमुखिकरण तालिम सम्पन्न

Image
Nisarga Hospital

अठन्नीफाटा/बंक: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकस्थित अठन्नीफाटा सामुदायिक विपत व्यवस्थापन समिति (CDMC) का पदाधिकारी तथा स्थानीयबासीलाई लक्षित गर्दै जैविक तटबन्ध निर्माणसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बनहरा नदीको बढ्दो कटान समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त तालिम आईतवार सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

मर्सीकोर संस्थासंगको साझेदारीमा NNSWA कञ्चनपुर द्वारा सञ्चालित समुदायका लागि जलवायु उत्थानशीलता (CRC) परियोजना अन्तर्गत करिब २ सय मिटर लम्बाइमा जैविक तटबन्ध निर्माण हुन लागेको छ। सालघारी झोलुङ्गे पुल नजिकैबाट सुरु हुने यस तटबन्धले अठन्नीफाटा क्षेत्रका करिब ६१ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

nawajiwan

करीब ४ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त तटबन्ध आगामी केही साताभित्रै सुरु हुने CRC परियोजना का कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिए।

Attariya Hospital

यसअघि पनि अठन्नीफाटा समुदायमा नदी कटान रोकथामका लागि बोटबिरुवा नर्सरी स्थापना गरी घेरबार गरिएको थियो। जैविक तटबन्ध निर्माणले स्थानीयको खेतीयोग्य जमिन संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

हाल NNSWA कञ्चनपुरले कृष्णपुर–२ का बन्द नदी, खल्लागोठ र अठन्नीफाटा क्षेत्रमा समेत यस्ता कार्यक्रम सञ्चालन गरिरहेको फिल्ड सहायक अधिकृत रिमा खनालले बताइन्।