डोटी जिल्लामा १६ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जोरायललाई

Image
Nisarga Hospital

डोटी: डोटी जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ ।

CP Hospital Dhangadhi

२५ स्वर्ण, १८ रजत र ४ कास्य पदक गरी कूल ४७ पदक सहित जोरायल गाउँपालिकाको टिम प्रथम हुन सफल भएको हो ।

१५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि प्रथम भएको जोरायल गाउँपालिकाको टिम यस पटक पनि प्रथम हुन सफल भएको जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले बताए ।

nawajiwan

त्यस्तै २२ स्वर्ण, ४ रजत र ५ कास्य गरी ३१ पदक सहित शिखर नगरपालिका दोश्रो हुन सफल भएको छ भने ७ स्वर्ण, १० रजत र ८ कास्य पदक गरी २५ पदक सहित दिपायल सिलगढी नगरपालिका तेश्रो हुन सफल भएको डोटी जिल्ला खेलकुद समितिका कार्यालय प्रमूख हर्क बहादुर बोगटीले बताए ।

त्यसैगरी आदर्श गाउँपालिका ३ स्वर्ण, ८ रजत र ११ कास्य पदक गरी २२ पदक सहित चौथो हुन सफल भएको छ भने ३ स्वर्ण, २ रजत र १ कास्य पदक गरी ६ पदक सहित बोगटान फुड्सिल गाउँपालिका पाँचौं स्थान ओगट्न सफल भएको छ ।

Attariya Hospital

यसैगरी २ स्वर्ण, ४ रजत र १५ कास्य पदक गरी २१ पदक सहित के.आईं.सिंह गाउँपालिका छैटौं, २ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी ७ पदक सहित बडिकेदार गाउँपालिका सातौं, २ स्वर्ण र ३ कास्य पदक गरी ५ पदक सहित पूर्वीचौकी गाउँपालिका आठौं र १ रजत एवं २ कास्य पदक गरी ३ पदक सहित सायल गाउँपालिका नवौं स्थान ओगट्न सफल भएको जनाइएको छ ।

शिखर नगरपालिका ६ तल्कोटस्थित हरिहर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगितामा विजेता जोरायल गाउँपालिकाको टिमलाई समापन कार्यक्रमका प्रमूख अतिथि एवं शिखर नगरपालिकाका नगर प्रमूख दीर्घ बहादुर बलायरले शील्ड हस्तान्तरण गरेका थिए ।

१५ औं र १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी लगातार जितेको जोरायल गाउँपालिकाको टिमलाई शिखर नगरपालिकाका नगर प्रमूख बलायरले बधाई ज्ञापन गरे ।

खेलाडीहरुमा खेल कसरी जित्ने भन्ने प्रतिष्पर्धात्मक भावना आवश्यक भएको नगर प्रमूख बलायरले बताए ।
जोरायल गाउँपालिकाको टिम आगामी वर्षको प्रतियोगितामा पनि विजेता बनेर रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड पचाउने दाउमा छ भने अन्य स्थानीय तहका खेलाडीहरु यसलाई ब्रेक गर्ने दाउमा रहेका छन् ।

कार्यक्रमको समापनमा बौल्दै डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गरेका छन् ।