उद्घोषक केपी कलौनीको पहिलो गीति ‘भेरी–कर्णाली’ सार्वजनिक, दर्शकश्रोताहरुबाट अपार माया

Image
Nisarga Hospital

कञ्चनपुर : उद्घोषण कलामा २ दर्शक बढी आफ्नो बेग्लै पहिचान बनाउँदै आएका सुदुरपश्चिमका ख्यातिप्राप्त उद्घोषक केपी कलौनीको पहिलो सांगीतिक गीति एल्बम ‘भेरी–कर्णाली’ एक भव्य समारोहका बीच विमोचन गरिएको छ।

CP Hospital Dhangadhi

शुक्रबार कृष्णपुरस्थित कञ्चनजंगा क्याम्पस गुलरिया कञ्चनपुरको सभाहलमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीको प्रमुख आतिथ्यमा ‘भेरी–कर्णाली’ गीत म्युजिक भिडियोको औपचारिक विमोचन गरिएको हो।

म्युजिक भिडियो विमोचन समारोहमा प्रमुख अतिथि डा. जोशीले बहुमुखी प्रतिभाका धनी केपी कलौनीद्वारा प्रस्तुत ‘भेरी–कर्णाली’ गीत राष्ट्रिय भावनाले प्रेरित कालजयी सिर्जना भएको उल्लेख गरे। उनले गीतको मोडलिङ, छायाङ्कन, संगीत, प्रस्तुति तथा शब्द चयन सबै पक्ष उत्कृष्ट रहेको टिप्पणी गरे।

nawajiwan

गायक केपी कलौनीले उद्घोषण कलासँगै संगीत क्षेत्रमा पनि आफूलाई अघि बढाउने उद्देश्यले यो यात्रा सुरु गरेको बताउँदै दर्शकको हौसला र प्रेरणाले गायन क्षेत्रमा प्रवेश गर्न प्रेरित गरेको धारणा व्यक्त गरे।

Attariya Hospital

कञ्चनजङ्गा इङ्लिस स्कुलका प्रिन्सिपल पदमबहादुर ऐरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष खगेन्द्र प्रसाद ओझा, सैनिक आवासीय माविका प्रअ सिद्धेश्वर पन्त, प्रमुख सेनानी खिलबहादुर राना, वरिष्ठ कलाकार राजकुमार जोशी, गायक प्रवेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गीतमा केपी कलौनी र तृप्ती खड्का गुरुङको स्वर रहेको छ भने मासुम बिष्ट र ऋतु चौधरीको मोडलिङ रहेको छ। विजय गुरुङले गीतको शब्द तथा संगीत तयार गरेका हुन्।

आगामी वर्षमा समेत एक गीत सार्वजनिक हुने गरि गायन क्षेत्रमा सक्रिय रहने समेत के.पि कलौनीले बताए। आफ्नो जिवन पश्चात् पनि आफ्ना कृतिहरु जिवन्त रहने भएकाले आफुले गायन क्षेत्रमा डेब्यु गरेको कलौनी बताउँछन्। कलौनीको भेरी कर्णाली नामक गित के.पि कलौनी अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएसंगै दर्शकश्रोताहरुको अपार माया पाईरहेको छ।