दिपायल सिलगढी ६ द्वारा प.प. माविलाई खेल सामाग्री हस्तान्तरण

Image
Nisarga Hospital

डोटी:  दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई मंगलबार खेल सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त वडाका अध्यक्ष नरेश मलासी लगाएत वडाको टिमले विद्यालयमै गएर प्रधानाध्यापक केशवराज ओझालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

CP Hospital Dhangadhi

वडाको आर्थिक वर्ष २०८२/८३ को स्विकृत कार्यक्रम अन्तरगत करिब ५० हजार बराबरका क्रिकेट, भलिबल, फुट्बल लगाएतका खेल सामाग्री वितरण गरिएको उक्त वडा सचिव हरि सुन्दर श्रेष्ठले जानकारी दिए ।
खेल सामाग्री हस्तान्तरण गर्दा वडा अध्यक्ष मलासीले विद्यालयका विद्यार्थी क्याप्टेन मनिषा डौडीलाई क्रिकेटमा प्रयोग हुने हेल्मेट, ग्लोभ्स, ब्याटिङ्ग प्याड समेत लगाईएदिएका थिए । 

 
 
nawajiwan
Attariya Hospital

सामाग्री वितरणपछि संक्षिप्त प्रतिक्रिया दिंदै वडा अध्यक्ष मलासीले विद्यार्थी खेलाडीहरुले अनुसाशित भएर खेल खेल्नुपर्ने, लागु औषध जस्ता दुव्र्यशनबाट मुक्त रहनुपर्ने र पठनपाठनमा विशेष ध्यान दिनुपर्ने बताए ।
विद्यालयलाई खेल सामाग्री दिएर सहयोग गरेकोमा वडा परिवारलाई धन्यवाद दिंदै विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले वडा अध्यक्षले दिएको सन्देश बमोजिम विद्यार्थी खेलाडी अनुशासित र लगनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सदस्य श्यामराज जोशी, वडा सचिव हरि सुन्दर श्रेष्ठ, विद्यालयका शिक्षक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको थियो ।May be an image of one or more people and text that says 'B'May be an image of one or more people and textMay be an image of ‎one or more people, clarinet and ‎text that says '‎HunH بجشم REDMI REDMINOTE NOTE REDMINOTE9PRO 9 PRO NAJARONLINE NAJAR ONL ONLINE INE 30/06/202610:34 10:34 30/06/2026‎'‎‎May be an image of one or more people and text