डोटीका पहिलो पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

Image
Nisarga Hospital

डोटी: डोटीका पहिलो पत्रकार, बरिष्ठ साहित्यकार, मुर्तिकार एवं पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ ।
दिपायल सिलगढी नगरपालिका ६ सिलगढीमा वि.सं. १९९४ भाद्र ५ गते बुबा मान बहादुर मल्ल र आमा मान कुमारी मल्लको कोखबाट जन्मिनुभएका मल्लको करिब ९० वर्षको उमेरमा आफ्नै निवासमा सोमबार बिहान साढे ५ बजेतिर निधन भएको हो ।

CP Hospital Dhangadhi

आइतबारसम्ममा कुनै बिरामी नभए पनि सोमबार बिहान साढे ५ बजेतिर एक्कासी मल्लको निधन भएको उनका जेठा छोरा योगोश मल्लले जानकारी दिए ।

स्वर्गीय मल्ल डोटेली पत्रकारिताको पहिलो इतिहास हुन् । वि.सं. २०१६ सालमा सगरमाथा सम्वादका लागि डोटी समाचारदाता भएर पत्रकारिता थालनी गरेका उनले २०१८ सालमा सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति -रासस) डोटी समाचारदाता भएर काम गरेका थिए ।

nawajiwan
Attariya Hospital

साहित्यमा पनि उत्तिकै दखल राख्ने बरिष्ठ साहित्यकार मल्लले सर्वनाम पुरस्कार २०५०, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, राष्ट्रिय समाचार समिति प्रशंसा पत्र २०६०, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान पत्र २०६७, राष्ट्रिय समाचार समिति सम्मान पत्र २०६८, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान कदर पत्र २०७०, सुदूरपश्चिम साहित्य समाज प्रतिभाश्री सम्मान २०६९, नेपाल लोकवार्ता तेश्रो राष्ट्रिय सङ्गोष्ठी अभिनन्दन २०७०, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अभिनन्दन २०७३ लगाएत दर्जनौं पुरस्कार तथा सम्मान पाईसकेका थिए ।

मल्लले जय दुर्गे, धु्रव, सत्यमेव जयते, शैलेश्वरी महात्म्य, भरत मिलाप, अदृष्य हात, भविष्य बोल्छ वर्तमान, आमाको मन, भलाई, आमा, मिलाप, परिवार, जागरण, दायित्व, जाँगर, बिलौना, नारी जागरण, परिवर्तन, गाउँबेशी, सौतेली आमा लगाएत दर्जनौं नाटक लेखन तथा निर्देशन गरेका थिए । उनको गीत लेखन तथा गायन क्षेत्रमा समेत योगदान रहेको छ ।
प्रसिद्ध शैलेश्वरी मन्दिरमा कुँदिएका र निर्माण गरिएका प्रायजसो मुर्ति उनै स्वर्गीय धन बहादुर मल्लको योगदान हो ।
स्वर्गीय मल्ल २००४ सालमा स्थापना भएको डोटीको पूरानो विद्यालय पद्यम पब्लिक माध्यमिक विद्यालयका पूर्व शिक्षक पनि हुन् ।