थारु होमस्टे गाउँ भादा महोत्सव सुरु

Image
Nisarga Hospital

धनगढी ः धनगढीमा ‘थारू होमस्टे गाउँ भादा महोत्सव’ सुरु भएको छे। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा महोत्सव सुरु भएको हो।

CP Hospital Dhangadhi

‘संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम, संस्कृति भेषभूषा राखी हमरा पहिचान’ भन्ने नारासहितको महोत्सव सुरु भएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन्। उनले सुदूरपश्चिमको पर्यटन विकासका भादाले समेत टेवा पुर्‍याएको बताए। मन्त्री देउवाले भने, ‘हाम्रो प्रदेशमा पर्यटन व्यवसायको निकै सम्भावना छ। त्यसमा पनि थारू समुदायको होमस्टे भादा निकै सम्भावना छ। यसमा निजी क्षेत्रले कसरी सहयोग पुर्‍याउनु सक्छ। त्यसका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिनेछ।’

थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा पुस १७ गतेदेखि २२ सम्म महोत्सव सञ्चालन हुनेछ। भादामा सन २०११ देखि महोत्सव आयोजना हुँदै आएको छ। २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ।

nawajiwan
Attariya Hospital

स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारू समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन्।

स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारू समुदायको परम्परागत लहरुमा शेयर गराउँदै आएका छन्। आयोजना हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ। धनगढी बजारदेखि भादा गाउँ १७ किलोमिटरको दुरीमा रहेको छ।