अत्तरियामा १० दिने व्यावसायिक चिया नास्ता पकाउने तालिम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियामा नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जिवनज्योति महिला विकास बहुउद्देशिय सहकारी संस्थाद्वारा १० दिने चिया नास्ता तालिम सम्पन्न गरेको छ ।

CP Hospital Dhangadhi

छोटो समयमा नै अत्तरिया वरिपरि रहेका २० जना महिलाहरुलाई व्यवसायिक तालिम दिएर सक्षम बनाएको छ । तालिम पश्चात सहभागिलाई संस्थाको तर्फबाट २५ हजार बराबरको खाना नास्ता पकाउने सामग्री ग्यास चुलो, कडाइ, डाडु पन्यु, मम , चाउमिन, चाट, आदी पकाउने भाडाकुरा सहित अन्य सामग्री वितरण गरेको छ ।

nawajiwan

१० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ । सानोतिनो व्यवसाय गरिरहेका तर व्यवस्थित व्यवसाय गर्न नसकेकाहरुलाई छनोट गरी तालिम आबश्येक देखिन्छ ।

Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि रहेका गोदावरी नगर पालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भने, संघसंस्थाहरु मिलेर नगरले नागरिकमुखी कार्य गरिरहेको बताए । यस पालिका भित्र रहेका जनताकलाई शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा पनि हामीले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिरहेका छौ’ उनले भने  नगरका महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा संघसंस्थाहरुको भुमिका अझ महत्वपुर्ण बनेको छ ।

सहकारीहरुले धेरै कुरामा नगरलाई सहजता प्रदान गरेको बताए । उनले सहकारीहरुकै कारण महिलाहरु आत्मनिर्भर बन्न सकेको समेत बताए । उनले तालिममा सहभागीता जनाउने मात्रै नभई सिकेका सिपलाई सदुपयोग गर्ने कुरामा पनि ध्यान दिन सहभागीहरुलाई अनुरोध गरेका थिए ।

तालिमको समापन कार्यक्रममा सहकारीकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट सँगै विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया, नगर प्रबक्ता गोपाल दत्त भट, कार्यपालिका सदस्य ईश्वरी रावल, नगरपालिकाका कृषि शाखा प्रमुख दिव्यराज जोशी, रोजगार संयोजक रोहित जोशी, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहरा सहितको उपस्तिती रहेको थियो । कार्यक्रमको संचालन सहकारीकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।