
धनगढी ः बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ देखि २८ गते सम्म धनगढीको रङ्गशाला (कवडहल ) मा भुवा प्रतियोगिता हुने भएको छ ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बाजुरेली सेवा समाजले पुष २० गते देखी २५ गते सम्म प्रतियोता टिम दर्ता गराउन आग्रह गरेको छ ।

भुवा पर्व परापुर्वकालमा खाजु प्रान्त राज्यको विषयलाई लिएर पाँच भाई पाण्डप र सय भाई कौरव विचको लडाई भारतको हरियाणा राज्यको कुरुक्षेत्रमा भएको छ ।

त्यस लाईमा पाँच पाण्डपले विजय हासिल गरेको र असत्य माथि सत्यको जित भएको हुदाँ ,सो पश्चात देखी खुसियालीका रुपमा उक्त लडाईमा गरिएको साधन ढाल र तरवालहरु नचाई खेलीने खेललाई भुवा पर्वका रुपमा मनाईदै आएको ईतिहास छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले जानककारी दिए ।
उनले कैलाली र कन्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह गरेको छ ।

प्रतियोगिता सहभागी हुने टिम दर्ता रु ९ सय ९९ शुल्क रहेको छ । प्रतियोगितामा प्रथम, दृतिय,तृतिय र सान्तना हुने टिमलाई पुरस्कार, प्रमाण पत्र, प्रदान गरीने समाजका अध्यक्ष धामीले बताए ।































