
धनगढी ः धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले खाद्यान्न र न्यानो कपडा सहयोग गरेको छ । संस्थाको १६ औं स्थापना दिवसको अवसर पारि धनगढी–५ तारानगरमा रहेको नेपाल अपांग संघ र खगेन्द्र नवजीवन केन्द्रलाई खाद्यान्न सहित न्यानो कपडा सहयोग गरेको हो ।संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी लगायत पदाधिकारी, कर्मचारीको उपस्थितमा सोमबार अपांग संघ र केन्द्रमा पुगेर सहयोग गरेको जनाएको छ । संस्थाका व्यवस्थापक महेन्द्र शाहीले दिएको जानकारी अनुसार ५ थान कम्मल, चामल ७५ केजि, दाल ५ केजि, तेल ५ लिटर, चिउरा ५ केजि, नुन ५ केजि, चिनि ५ केजि, चिया पत्ति १÷२ केजि लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।


संस्थाले विभिन्न अवसर पारिरे सामाजिक उत्तरदायित्व बहन गर्दै पटक–पटक सामाजिक कार्य गर्दै आएको छ ।
धनगढीमा मुख्य कार्यालय रहेको संस्थाको हाल कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया, कैलारी गाउँपालिकाको हसुलिया, गौरीगंगा नगरपालिकाको बढैपुर गरी ३ वटा शाखा कार्यालयहरु समेत रहेका छन् ।
































