बालकुमारीमा मारिएका अछामका शाहको परिवारलाई कोरियाबाट साढे ७ लाख सहयोग

Image
Nisarga Hospital

धनगढी ः ईपीएस भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोलीबाट मारिएका बिरेन्द्र शाहको परिवारलाई सहयोग गरिएको छ । प्रहरीको गोलीबाट मारिएको अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका शाहको परिवारलाई कोरियामा बसोबास गर्दै आएकाहरुले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

धनगढी उपमहानगरपालिका–१ बस्ने बीबी भनेर चिनिने भीमबहादुर सिंहले सिउडी शाह युवा समाज धनगढीको समन्वयमा प्रवासीहरुबाट सहयोग रकम संकलन गरेर पठाएका हुन् । एनआरएनको दक्षिण कोरियाको उपाध्यक्ष महेश बजगाई समेतले संकलन गरि पठाएको रकम बुधबार अछाम सेवा समितिले धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर हस्तान्तरण गरेका हुन् । सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले सहयोग रकम बराबरको चेक मेयर हमालले मृतकका बुवालाई हस्तान्तरण गरेको जानकारी दिए ।

nawajiwan