
पुषको अन्तिम राती मिठोमसिनो खाने चलन, माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन, माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता, माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन, कागलाई खबर आदानप्रदान गर्ने पंक्षि तञस मराजको सन्देश वाहकका रुपमा लिइ भव्यताका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाइने ‘नरहरि पर्व को सुभ कामना छ ।

सबैको जीवनमा घिउ-चाकुझैं मिठास छाओस्,

तीलका सहस्र दानाझैं सफलता बढ्दै जाओस्।

आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ। माघे संक्रान्ति अनि माघीको शुभकामना !




























